काठमाडौं । बागमती प्रदेश काभ्रे जिल्ला तेमाल गाउँपालिकाले पचास करोड ४५ लाख१४ हजारको बजेट प्रस्तुत गरेको छ ।
चन्द्र बहादुर तामाङको अध्यक्षतामा शुरु भएकाे एघारौं गाउँसभा २०७९ को दोस्रो सभामा उपाध्यक्ष दलमान थोकरले ५० करोड ४६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको हो ।
तेमाल गाउँपालिकाले वडा कार्यलय देखि पालिकासम्म जोडिने सडक खण्डहरुलाई कालोपत्रे गर्ने योजनालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत भएको छ ।
सभामा अध्यक्ष चन्द्र बहादुर तामाङले राम्रो काम गर्नेहरुलाई विरोध मात्रै गर्ने विधिलाई त्यागेर विकास कार्यमा एक भएर अगाडि बढ्न उपस्थित सम्पूर्ण कार्य सदस्यहरुलाई विशेष अनुरोध गरेको छ।
बजेट प्रस्तुतको क्रममा वडा नं. १ को वडा अध्यक्ष इन्द्र अधिकारी, वडा नं. ४ को वडा अध्यक्ष पेम्बा लामा र वडा नं. ९ को वडा अध्यक्ष चन्द्र बहादुर तामाङले उपस्थिति जनाएको छैन । बजेटको विषयगत सिलिङकोबारेमा कुरा नमिलेको कारणले बजेट सभामा सहभागीता नजनाएको स्रोतले बताएका छन् तर सारा खबरको प्रतिनिधिले तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङसँग यो विषयमा जानकारी लिदा उहाँ यसो भन्नु ह्न्छ । मैले भुगोल र जनसङख्याको आधारमा बजेट बाँडफाट गर्दा उहाँहरुको चित्ता बझाउन सकेन । त्यसकारणले पनि उहाँहरु उपस्थित नहुनु भएको होला तर मैले उहाँहरु सबैलाई समेटर दामासाहीमा बजेट वितरण गरेको छु । कसैलाई विवेद गरेको छैन ।”
थप हामीले तयार पारेको भिडियो हेर्नु होला । बजेट विवरण यस्तो छ ।