नेपालगन्ज, बाँकेको क्षेत्र नं २ संघीय सांसदका स्वतन्त्र उम्मेदवारले जनताले पटक पटक विश्वास गरेर पुरानै अनुहारलाई आफ्ना मतदान गरेर सरकार बनाए पनि राज्यबाट आर्थिक संकट बाहेक वास्तविक बिकासको अनुभुति गर्न नपाएको बताएका छन ।
चुनावी अभियानलाई तिब्रता दिदै बिहीबार घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शिवसेनाका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालले बिकासको सपना देखाएर जनतालाई झुक्याएर पटक पटक जितेर सरकारमा गएका नेताहरु देशको कोष लुट्ने बाहेक कुनै सफलता हासिल गर्न नसकेको जिकिर गरेका छन ।
उनले भने, ‘देशको आर्थिक स्थितिले धान्नै नसक्ने बिषयहरुलाई आफ्ना प्रतिबद्धतामा समावेश गरेर जनतालाई बिभिन्न लोभ लालचमा पारेर नेताहरु सरकारमा जाने र जनताले पसिनाको खोला बगाएर जम्मा पारेको कोष माथि धावा बोल्ने गरेका छन । दिनप्रति दिन देशको आर्थिक स्थिति कम्जोर हुदैँ गएको र सास्ती भने जनताले खेप्नु परेको छ । महंगाई बढेको छ । देशको सबै पैसा बाहिर गईरहेको छ र भएका पैसा जति सरकारमा बलियो पकड राख्नेहरु भ्रष्टाचार गरेर आफ्ना भवन निर्माण, छोरा छोरीलाई पढाईका लागि बिदेश पठाउने, व्यवसाय संचालन, क्रेसर लगायतका अत्याधिक लाभ लिन सक्ने ठाँउमा कोष ढुवानी गरिरहेका छन ।’
‘दिनभरी परिश्रम गरेर कमाएको पैसाबाट दुई छाक खाना पनि धौ धौ भएका जनता संग हामी भेट्ने गरेका छौं । कोभिडको बेलामा राजनितिक पकड बलियो बनाउनकै लागि केही तत्वहरु सडकमा देखिएका थिए । यति मात्र होईन, उनीहरु आफ्ना अभियानमा सफ्ल पनि भए र अहिले त्यसको फाईदा उठाउदै जनतालाई झुक्यिाइरहेका छन । यो बेला जनता जागरुक हुन जरुरी छ, सहि व्यक्तिहरुलाई चिन्न जरुरी छ र त्यस्ता तत्वहरुलाई समाजबाट बाहिर फ्याल्न आवश्यक छ ।’उनले थप भने, ‘अहिले केही त्यस्ता तत्वहरु राजनितिक गर्न कै लागि हिन्दुत्वको एजेण्डा उठाईरहेका छन । तर हामी हिन्दुहरु कै लागि राजनितिमा आएका छौं । यो कुरा जनताले बुझिसकेका छन र आगामी निर्वाचनबाट देखाउने पनि छन ।’
खनालले सडकमा आन्दोलन खडा गर्ने क्रममा चप्पलमा नभएको अवस्थाबाट सरकारमा गएका केही तत्वहरु अहिले राज्यको कोष ढुवानी गरेर अर्बौको लगानी लाग्ने कुखरा फारम र दानाको व्यवसाय, भवन निर्माण गरेका बताएका छन ।
उनले भने, ‘यो पैसा कहाँबाट आयो रु केही महिनाका लागि मात्र सरकारमा गएका नेताले कहाँबाट ल्याएको पैसाबाट लगानी गरेको होला रु माथि देखि तल सम्म सेटिगंमा काम भईरहेको छ । सरकारले प्रदान गर्ने तलब, भत्ता, सेवा सुविधाबाट यत्रो ठुलो लगानी पक्कै हुन सक्दैन १ मलाई त देशको धेरै चिन्ता लागेको छ कतै फेरी पनि जनता भुक्किने त होइनन् रु स्पष्ट देखिने बिषयमा अख्तियार किन बोल्न सकेको छैन रु’
उनले यतिबेला जनताको ध्यान भड्काउन हिन्दुको आस्था माथि खेलवाड गरिरहेका छन त्यस्तालाई जनताले समयमै चिन्न र चिर्न जरुरी रहेको बताएका छन ।
यतिबेला उनी क्षेत्र नं। २ मा जनतासंग भेटघाटलाई तिब्र पार्दै जनताले भोगिरहेको पिडा र उनीहरुको आवस्यकता बारे जानकारी लिदै निर्वाचित भए पश्चात उनीहरुको विषयलाई सांसद सम्म लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।