सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके क्षेत्र नं २ मा अग्रगमनलाई रोज्न मतदाता आतुर छन् – मोहम्मद इश्तियाक राई


नेपालगञ्ज,जनता समाजवादी पार्टी नेपालले बाँकेको क्षेत्र नं २ मा दोस्रो चरणको चुनावी प्रचार प्रसारको तयारी थालेको छ। पहिलो चरणको घरदैलो अभियान सकिएपछि अब उसले क्षेत्रभरि उस्तै आक्रामक चुनावी अभियान थाल्ने जनाएको छ ।
निर्वाचन आयोगले बिहीबारदेखि दलहरूलाई दोस्रो चरणका कार्यक्रमहरू गर्न अनुमति दिएको थियो। यो चरणमा जसपाले क्षेत्र नं २ मा निर्वाचन आयोगले भनेअनुसार चुनावी आमसभा र मतदाता भेटघाट कार्यक्रमहरूलाई निरन्तरता राख्नेछ ।
जसपा बाँके क्षेत्र नं २ का चुनाव प्रचार प्रसार समितिकाअनुसार बिहीबार पनि उम्मेदवारहरूले घरदैलो अभियान तथा मतदाता भेटघाट गरेका छन् ।


अब जसपाले स्वंयसेवकहरूलाई खटाएर मतदाताहरूलाई मतपत्रमा सही तरिकाले छाप लगाउन सिकाउनेलगायतका कामहरू गर्नेछन्। त्यस्तै केही दिनमै उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने पनि जसपाले जनाएको छ ।
बिहीबार भएका घरदैलो तथा भेटघाटहरूमा जसपाका बाँके क्षेत्र नं २का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईले मतदाताहरूको विश्वास नतोड्ने बाचा गरेका थिए ।
‘मैले विगतमा काम गरेकै आधारमा तपाईंहरू फेरि हामीलाई भोट दिन आतुर हुनुहुन्छ। तपाईंले हामीबाट हुने विकासको अपेक्षा र विश्वासलाई तोड्ने छैनौं’ उनले भनेका छन् ‘अब फेरि एकपटक हामीलाई मौका दिनुहोस् बाँकी रहेका विकासका योजनाहरूलाई पूर्णता दिनुछ र फेरि नयाँ योजनाहरूको सिर्जना पनि गर्नुपर्नेछ।’
उनले कसैले फैलाएको भ्रम र अफवाहमा नलागेर सही र जनताको सधै सेवक हुने उम्मेदवारलाई मत दिन पनि अपिल गरे।
‘अब पनि मतदातालाई वेवकुफ ठान्ने र विकास कुरा गर्न नसक्नेहरूले समाजिक सद्भाव भड्काउने खालका भाषणहरू गर्दै हिँडेका छन्’ उनले भने ‘जनतालाई थाहा छ कस्ता उम्मेदवारलाई भोट दिने भनेर गाली गलौजले कसैले चुनाव जित्दैन।’ उनले फेरि पनि देशको शासन व्यवस्था खल्बल्याउन खोज्ने र फेरि पनि उही पुरना मुद्दाहरू बोकेर चुनावी मैदानमा आएकाहरूलाई परिवर्तनकारी जनताले आफूहरूलाई कुरिरहेको पनि बताए ।
‘बाँके क्षेत्र नं २ मा मतदाताले अग्रगमनलाई नै रोज्नेछन्। फेरि पुरानो युग ब्युँताउन खोज्नेहरूलाई जनताले पाखा लगाउने दिन नजिकिदैंछ। पश्चगमनले कहिल्यै जित्न सक्दैन।’

भर्खरै

सम्बन्धित खबर

Language »