सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डुडुवाको आजको अवश्यकता कृषिमा बिकास हुनु हो – हिन्दुवादी नेता रौनियार

नेपालगन्ज , बाँकेको क्षेत्र नं २ (क) प्रदेशसभा सदस्य उम्मेदवार राजकुमार रौनियारले कृषिमा निर्भर रहेका डुडुवा गाँउपालिकाका किसानलाई कृषि क्षेत्रमा बिकास आवश्यक रहेको बताएका छन । स्वतन्त्र उम्मेदवार रौनियारले कृषि औजार, अनुदान, मलखाद्य, बिउविजन, किटनासक औषधी, लगायत निशुल्क प्रदान गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।

डुडुवा क्षेत्रबाट उम्मेदवारी दिएका शिवसेनाका उम्मेदवार रौनियारले आज चुनावी अभियानलाई तिब्रता दिदैँ घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डुडुवाको आजको आवश्यकता कृषिमा बिकास र डुवानमा पर्दै आएकोले बाढीबाट जोगाउन तटबन्धलाई पूणर्ता दिने प्रतिबद्धता व्यक्त गरेका छन ।

डुडुवावासी कृषिमा पूणर् निर्भर छन । डुडुवाको हिरमिनिया क्षेत्र बाँकेको तरकारीको हब मानिन्छ । अन्य क्षेत्रमा सिजन अनुसारको धान बाली, गहुँ, तोरी, तरकारी लगायतको खेती गर्दै आएका त्यहाँका किसानलाई राज्यले समयमै मलखाद्यको व्यवस्था गर्न नसक्दा किसान सास्ती खेप्दै आएका छन ।

प्रत्येक वर्ष वर्खा आए संगै यस क्षेत्रमा बसोबास गर्नेहरुलाई चिन्ता हुन थाल्छ र एक मात्र कारण बाढी हो । यस क्षेत्रमा किसानले खेतमा पसिना बगाएर लगाएको धान बाली कति बेला बाढीले काट्ने हो भन्ने चिन्ताले मन पिरोलिरहेको हुन्छ रौनियारले बताए ।

उनले भने, ‘त्यस कारण हामी यस क्षेत्रलाई डुवानमुक्त बनाउन दीर्घकालीन समाधान गर्ने र किसानको मुहारमा हरेक क्षेण खुसी खोज्नेछु ।’

उनले किसानले उन्नत जातीका बिउ समेत उप्लब्ध गराउने बताएका छन । मलखाद्यको समस्या समाधानका लागि सरकार समक्ष माग प्रस्तुत गर्नुका साथै भारतको सिमावर्ती जिल्ला प्रशासन संग समेत समन्वय गर्ने बताएका छन । उनले किसानलाई कृषि सम्बन्धी कुनै पनि समस्या हुन नदिने ग्यारेन्टी गरेका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »