नेपालगन्ज , बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका लागी स्वतन्त्र उम्मेदवार दिवाकर खनालले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै राप्रपा र जसपा उम्मेदवार बिरुद्ध खना खनिएका थिए ।
पत्रकारले सोधेको प्रश्नमा उत्तर दिदै खनालले आफुलाई कसैले कुनै मुल्यमा किन्न नसक्ने र आफू हिन्दु राष्ट्र स्थापनाको मुख्य एजेण्डा लिएर चुनावी मैदान उत्रीएको बताएका छन् ।
खनालले आफ्नो प्रतिबद्धता पत्रमा यस क्षेत्रको बिकास र समस्यालाई मध्यनजर गर्दै आफुले गर्नसक्ने काम आफ्नो प्रतिबद्धता पत्रमा राखेको बताएका छन् ।
आज नै नेपाल सिवसेनाले नेपालगन्जमा स्वतन्त्र उम्मेदवार खनालको पक्षमा र्यालीको आयोजना गरेको छ ।
बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिवाकर खनालको समर्थनमा र्यालीको आयोजना गरेको थियो ।
यस्ता छन् खनालका प्रतिबद्धताहरु
१( हिन्दु राष्ट्र स्थापनाको लागि सदन तथा सडक दुबै ठाउँबाट आन्दोलन खडा गर्ने ।
२( ठाउँ(ठाउँमा गुरुकुल शिक्षापद्धती अनुसार पाठशाला सञ्चालनमा जोड दिने ।
३( भ्रष्टाचार विरोधको अभियान संचालन गर्ने ।
४( किसानले पालन गर्ने गाई, भैंसी, बाखाको बिमा र उपचार खर्च सरकारले व्याहोर्ने व्यवस्था मिलाउने ।
५( गौ संरक्षणको लागि स्थानीयहरूसँग सहकार्य गरी कम्दी स्थित खजुरा माता मन्दिर क्षेत्र वरिपरीको ५ कि।मि। जंगलमा तारबार गरेर गौशाला व्यवस्थापन गर्ने ।
६( होलिया चौफेरी, रामनगर लगायत डुडुवाको बिकट गाउँहरूमा बाटोघाटो निर्माणमा प्राथमिकता दिईने ।
७( मोटरसाइकल र चारपाङ्ग्रे सवारी साधनको कर एक पटक मात्र लिने व्यवस्थाको लागि आवाज उठाउने ।
८( स्थानीय मठ मन्दिर, गुम्बाको संरक्षण, प्रवर्द्धन तथा व्यवस्थापनमा जोड दिने साथै धार्मिक पर्यटनलाई बढावा दिन बागेश्वरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ ।
९( राज्यबाट हामीले प्राप्त गर्ने तलबभत्ताबाट गरिब हिन्दू परिवारका सदस्यलाई तिर्थाटनको व्यवस्था गर्ने ।
१०( युवाहरूका स्वास्थ्य र मानसिक विकासका लागि जिम र खेलकुदलाई जोड दिने ।
११( हिन्दुधर्मको नाममा हुँदै आएका संस्कार विरोधी गतिविधिलाई नियन्त्रण गर्दै धर्म राष्ट्रको निर्माणका लागि अभियान सञ्चालन गर्ने ।
१२( नेपालगञ्जमा हुने डुवानको दीर्घकालीन समस्यालाई समाधान गर्न ठोस कार्ययोजनाका लागि पहल गर्ने ।
१३( प्रदेशमा रहेका केही मन्त्रालयहरू नेपालगञ्जमा पनि राख्ने पहल गर्ने ।
१४( पर्यटनलाई अभिवृद्धि गर्न राँझा विमान स्थललाई क्षेत्रीय अन्र्राष्ट्रिय विमान स्थलको रूपमा लागि पहल गर्ने ।
१५( नेपालगञ्जको बहुप्रतक्षित रिङ्ग रोडको निर्माणका लागि पहल गर्ने ।