नेपालगन्ज , सबैका प्रीय युवाहरुको ढुकढुकी अमर खड्का बाँके क्षेत्र न १ प्रदेश(क) मा सबैभन्दा बलियो उम्मेदवारको रुपमा अगाडी देखिएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनता समाजवादी पार्टीबाट प्रदेश (क) का उम्मेदवार निरन्तर जनताको घरदैलोमा जाँदा निकै बलियो उम्मेदवारको रुपमा सावित हुँदै गएका हुन । नरैनापुर गाउँपालिकाको हरेक गाउँ गाउँमा घरदैलोगर्दा उनको पक्षमा निकै बलियो माहोल बन्दै गएको हो । २६ बर्षको लामो सामाजिक सेवा र राजनीतिमा अब्बल मानिएका स्थानीय बासिन्दा समेत रहेका अमर खड्कालाई मत हाल्न जनता आतुर रहेको बताएका छन् ।
आफ्नो चुनावी मुख्य एजेण्डा अमर खड्काले राप्ती नदीको स्थायी ब्लकको ड्यामलाई बनाएका छन् । खड्काले डुवान कटान र पटान रोक्न राप्ती नदीको दुवैतिर ब्लकको पक्की ड्याम बनाउने एजेण्डा ल्याएका हुन । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि बाँके क्षेत्र नं १ (क) बाट १० जनाको उम्मेदवारी परेको छ । त्यसमध्यका एक बलिया उम्मेदवार हुन्
के छन् चुनावि एजेन्डा रु खड्काले आफ्नो प्रमुख एजेन्डा ‘बाढी’ भएको बताएका छन् । उनको निर्वाचन क्षेत्र राप्ती सोनारी र नरैनापुर गाँउपालिका हो । यस क्षेत्रका स्थानीयले हरेक वर्ष बाढी, डुबान, कटानको समस्या झेल्दै आएका छन् । यहाँको ठुलो समस्या भएका कारण यो समस्या समाधानको एक मात्रै उपाए राप्ती नदीको वारीपारी पक्की ब्लकको ड्याम लगाउने रहेको खड्काले जनाए । पहिलो जिम्मेवारी भएकाले यसलाई नै एजेन्डा बनाएको खड्को र पुरा पनि गरेर छाड्ने उल्लेख गरेका छन् ।
प्रमुख एजेन्डा भनेको ‘बाढी’ हो– खड्काले भने ।’ यससंगै नागरिकहरुलाई सहज सेवा दिनु अर्को एजेन्डा रहेको उनी बताउछन् । स्थानीय तह वा अन्य सरकारी तथा गैरसरकारी संस्थाले दिने सेवा लिन पहुँच हुनेहरु नै पहिले पुग्छन् । लक्षित वर्गसम्म सेवा पुग्न नसकिरहेकाले यसको सुरुवात आफैबाट गर्ने उनी बताउछन् । एडिवि, विश्व बैंक, नेपाल सरकार लगायतबाट किसानहरुको हितका लागि, कृषि विकासका लागि योजना सन्चालन गर्ने योजना रहेको उनले बताए । किसानहरुसम्म सहज रुपमा सेवा पु¥याउनका लागि आफ्नो योगदान रहने उनी बताउछन् ।