रुपन्देही , लुम्बिनी प्रदेश बर्दघाट नगरपालिका वडा नं २ चिसापानीमा भन्सार छलि गरेको दुई कुइईन्टल भन्दा बढी आलु, सुकेको लसुन,प्याज बरामद गरेको छ ।
नेपाली किसानहरुले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो सारा खबर, आम नेपाली टेलिभिजन, शान्ति नेपाल र जिक्तेन खबरको प्रतिनिधि सामु गुनासो पोखेकाे थियो । उक्त गुनासो सुनेपछि माघ १६ गते बिहानै बजार अनुगमनमा जाँदा अबैधरुपमा ल्याएको तरकारी बरामध गरेको थियो ।
बरामद गरेकाे तरकारी बर्दघाट नगरपालिकाको उपमेयर र कृषि शाखाको कर्मचारीको रोहरमा बर्दघाट प्रहरीलाई बुझाएको छ ।
सिमाबाट खुल्लारुपमा भन्सार छलि गरेर तरकारी नेपाल भित्रिरहदा भैरहवा नगरपालिका लगाएत सिमा सुरक्षामा खटिएका प्रहरी माथि प्रश्न उठाउछ । समस्याको समाधान नेपाल सरकारले तुरुन्तै गर्नुपर्ने देखिन्छ ।