काठमाडौं । सिन्धुपाल्चोक बाट बिभिन्न पेशा व्यवसाय तथा अध्ययनको शिलसिलामा काठमाडौं आई अस्थायीरुपमा बसेका नेकपा(माओवादी केन्द्र)का पार्टी सदस्य तथा समर्थकहरुलाई गोलबन्ध गराउने उदेश्यका साथ गठन गरिएको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले आफ्ना नेता र कार्यकर्ता बिचको दुरी कम गर्न यहि फागुन ६ गते बृहत बनभोज कार्यक्रम आयोजना गरेको छ ।
समन्वय समितिले आयोजना गरेको यो कार्यक्रममा भर्खरै मात्र नेकपा(माओवादी केन्द्र)को उपाध्यक्षको जिम्बेवारी पाउनु भएका पुर्व सभामुख तथा सिन्धु माओवादीका हस्ति मानिने अग्नि प्रसाद सापकोटा प्रमुख अतिथिको रुपमा आउने पक्का भएपछि बनभोजको लागि कार्यकर्ताहरु हौसिएका छन् ।
कार्यक्रममा नेता सापकोटा संगै प्रतिनिधिसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद माधव सापकोटा (सुबोध), बागमती प्रदेशका भौतिक योजना मन्त्री युवराज दुलाल (शरद),प्रदेशसभा सांसद सरल सहयात्री, अमृता नेपाल, सम्पर्क समन्वय समिति बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहने आयोजक संगठनबाट कार्यक्रमको संयोजन गरिरहनु भएका महेशलाल श्रेष्ठले बताउनु भएको छ ।
कार्यक्रममा कलाकार तथा मिडियाकर्मीहरुलाई समेत निमन्त्रणा गरिएकोले कार्यक्रम भव्य हुने संयोजन समितिको दावी छ ।
कार्यक्रमको करीब करिब तयारीहरु सकिसकेको आयोजक पक्षले जानकारी गराएको छ ।