राष्ट्रपति रामचन्द्र पौडेलद्वारा समाजसेवी भरत पराजुली प्रबल जनसेवा श्री पदक बाट विभूषित भएका छन् । पराजुली नेपाली नयाँ वर्षका दिन राष्ट्रपति पौडेलबाट प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका हुन् । लामो समयदेखि समाजसेवामा सक्रिय पराजुली एक सफल व्यवसायी पनि हुन् ।
सिन्धुपाल्चोक बलेफी ०६ का स्थायी बासिन्दा पराजूली हाईड्रोपावर व्यवसायी हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व।सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन्। ति मध्य सिन्धुपाल्चोकका पराजुली पनि रहेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरेका हुन् ।