नेपालगञ्ज , सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगञ्ज बाँकेले जिल्लामा आउनु भएका लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज बाँकेका प्रहरी उपरीक्षक (एसपी) डाक्टर अच्युत विक्रम हमाल तथा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई आज एक कार्यक्रमका बीच स्वागत गरेकाे छ ।
विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा राष्ट्र सेवकबाट बाँके जिल्लावासीले बाँके जिल्लाकाे शान्ति सुरक्षा तथा लागू ओैषधकाे सेवनकर्ता र काराेबारीमाथि विशेष निगरानी राख्नु पर्नेमा जाेड दिएका थिए ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष गाेविन्द रेग्मी, भेरी एफएमका प्रमुख माेहम्मद आरिफ अन्सारी, शान्ति पुनर्स्थापना गृह नेपालगञ्जका प्रमुख निर्मल सुवेदी, लागू ओैषध विरुद्ध निःशुल्क परामर्श केन्द्रका अमर विरही श्रेष्ठ, एन.भी. युथ ग्रुपका प्रकाश नेपालीले मन्तव्य राख्नु भएकाे थियाे ।
डिएसपी डाँगी र एसपी हमालले कार्यक्रममा आएका सुझावलाई अग्र स्थानमा राखिने र सामुदायिक प्रहरीसँगकाे सहकार्यमा हातेमालाे गरेर जाने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।
समुदायिक प्रहरी सेवा केन्द्र, नेपालगञ्जका अध्यक्ष दिपेन्द्र जाेशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत मन्तव्य दिएर समापन पनि गरियो।।