सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अध्यक्ष शाहले लिए भेरी अस्पतालको अवस्थाबारे निरीक्षण

नेपालगञ्ज, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले सोमबार अस्पतालको अवस्थाबारे जानकारी लिएका छन् । शाहलाई सोमबार नै अस्पताल प्रशासनले औपचारिक रूपमा स्वागत गरेको थियो । स्वागत पश्चात अध्यक्ष शाहले अस्पतालले प्रदान गरिरहेको सेवा, अस्पतालको भौतिक पुर्वाधारको अवस्था, निर्माणाधिन अस्पताल भवन लगायतको निरीक्षण गरेका हुन् ।
निर्माण कार्य पुरा नहुँदै र ठेकेदारले भवन हस्तान्तरण नगर्दै यसअघि विकास समितिको अगुवाईमा भवन उद्घाटन गरिएको थियो । अस्पतालको इमरजेन्सी कक्षको स्तरोन्नती तथा स्थानान्तरण कार्यको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गत जेठ १० गते उद्घाटन गरेका थिए । उक्त भवनको भौतिक अवस्था हेर्दा शिलालेखमा नाम लेखाउनकै लागि हतारमा उद्घाटन गरिएको जस्तो पाइएको अस्पतालमा पुग्ने सेवाग्राहीको बुझाई छ ।


नवनियुक्त अध्यक्ष शाहले सोमबार निर्माणाधिन अस्पताल भवनको निरीक्षण गर्दा त्यहाँ निर्माणको काम चलिरहेको थियो । अस्पतालको एउटा कुनामा इमरजेन्सी कक्ष र अर्को कुनामा चर्को आवाजमा पुर्वाधार निर्माण सम्बन्धी काम चलिरहेको देखिन्थ्यो । यसले गर्दा उपचारका लागि इमरजेन्सी कक्षमा भर्ना भएका बिरामीले अप्ठ्यारो महसुस गरिरहेका थिए । यि गतिविधीले भवन बाहिर टाँसिएको शिलालेखलाई गिज्याईरहेको देखिन्थ्यो ।
नवनियुक्त अस्पताल विकास समितिका अध्यक्ष शाहले पनि भवन निर्माणको काम अझै बाँकी नै रहेको पाइएको बताए । ‘अस्पतालको इमरजेन्सी सेवा चाही नयाँ भवनबाट सुरु भएको छ, यहाँ भवन पुरा भएर हस्तान्तरण नभएको अवस्था छ, अन्य वार्डहरु तयार भएका छैनन,’ शाहले भने ‘पुरा भइसकेपछि हस्तान्तरण गरेर नै काम अगाडी बढाउनुपर्ने हो, म आईसकेपछि यस विषयमा छलफल गरेर अगाडी बढ्छौं ।’ नेपाली काँगग्रेसका युवा नेता एवम नेपालगन्ज–१३ का पुर्बवडाअध्यक्ष शाहलाई आगामी तीन वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मात्र अध्यक्ष पदमा मनोनित गरेको थियो । नवनियुक्त अध्यक्ष शाहले भेरी अस्पताललाई सुधार गर्नका लागि आफुले हरसम्भव प्रयास गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »