नेपालगंज , नेपाल परिवार नियोजन सघं कार्यालय बांकेको ३९ औँ साधरणसभा बुधवार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिति नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट बिशिष्ट अथितिमा नेपाल परिवार नियोजन सघं बाँकेको पूर्ब सभापति मुकुल केसी अथिति रशेन कुमार श्रेष्ट अधिवक्ता चित्र बहादुर शाही नेपाल परिवार नियोजन सघं बाँकेकी नीमित शाखा प्रमुख रश्मी श्रेष्ट लगाएतको उस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन नेपालगंजका मेयर प्रशान्त बिष्टले गरेका थिए । नेपाल परिवार नियोजन सघं बाँकेका सचिव बदरुद दुजा खानले आर्थिक बर्ष २०७९ को प्रतिदेन पेश गर्नु भएको थियो ।
नेपाल परिवार नियोजन सघं बाँकेको पूर्ब सभापति मुकुल केसीले भने पारिवारिक जीवनलाई स्वस्थ र व्यबस्थित राख्नका लागि परिवार नियोजन साधन प्रयोग गर्ने,कति उमेरमा बच्चा जन्माउने, दुइ बच्चाको जन्मान्तर कति राख्ने, बाल बच्चाको हेरचाह तथा शिक्षाको ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा बोल्नुभएको थियो ।
शाखासभाले नयाँ कार्य समिति पनि चयन गरेको छ । सभाले बदरुद दुजा खानलाई सभापतिमा चयन गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट सो अवसरमा बताउनु भयो स्थानिय सरकारले यस परिवार नियोजन सघं बाँके सस्थालाई पनि साथ सहयोग गर्ने पनि बताउनु भयो ।
नेपाल परिवार नियोजन संघ बाँकेका सभापति हरप्रीत शिंह (सोनू) को अध्यक्षतामा भएको हो। कार्यक्रममा महिला सदस्य लछ्मी श्रेष्टले स्वागत र सचिव बदरुद दुजा खानले कार्यक्रम संचालन गर्नुभएको थियो ।