काठमाडौं । बिगत लामो समयदेखि बिभिन्न सामाजिक काममा सकृय सामाजिक अभियन्ता लिला खनाल नेपाल स्वयंसेवक संघको योजना समितिको केन्द्रिय सदस्य तथा बागमती प्रदेश प्रमुखमा मनोनित भएकी छिन् ।
चक्रपथ सरसफाई महाअभियान, भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल , निशुल्क भोजन कार्यक्रम , तथा असाहयहरुको लागि सहायता सम्बन्धि बिभिन्न कार्यक्रममा सकृयताको साथ काम गरिरहेकी खनाल लाई नेपाल स्वयंसेवक संघ केन्द्रिय समितिले योजना समितिको केन्द्रिय सदस्य तथा बागमती प्रदेश प्रमुखमा मनोनित गरेको हो ।
संघका अध्यक्ष खेमराज पौडेलको हस्ताक्षर रहेको मनोनयन पत्रमा खनाललाई योजना समितिको केन्द्रिय सदस्य तथा बागमती प्रदेश प्रमुखमा मनोनित गरेको जनाईएको छ ।