नेपालगञ्ज , नेपालगञ्जमा बिहीवारदेखि अत्याधुनिक लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ सञ्चालनमा आएको छ । बिहीवार एक कार्यक्रमका बीच हलको उदघाटन गरिएको छ ।
उदघाटनका अवसरमा पत्रकार सम्मेलन गरेर हलबारे जानकारी गराइएको थियो । बिहीवार पहिलो दिन निःशुल्क फिल्म समेत देखाइएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा निर्माण भएको हलमा शुक्रवारदेखि सर्वसाधारणले फिल्म हेर्न पाउने भएका छन् ।
नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउण्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्शन’मा आधारित ३ वटा स्क्रिन भएको सिने रोयलको दुई वटा हल २ सय ५० र २ सय ५० क्षमताको तथा तेस्रो हल १ सय ५० सिट क्षमताको रहेको ‘सिने रोयल’का प्रबन्ध निर्देशक डा। राहुल थापाले बताए । २५ करोड लागतमा अत्याधुनिक सिनेमा हल निर्माण गरिएको हो ।