नेपालगञ्ज, नेपाली कुस्ती टोलीलाई आज नेपालगञ्जमा स्वागत गरिएकाे छ । चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको लागि थप तयारी गर्न बैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा जान लागेका कुस्तीका मुख्य प्रशिक्षक मुमताज अली इद्रिसी लगायत ४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य तथा भेरी एफएमका स्टेशन प्रमुख माेहम्मद आरिफ अन्सारीले नेपालगञ्जमा स्वागत गरेका छन् ।
महिला खेलाडी शिभांगी दुबे, सुशीला चन्द र पुरुष खेलाडी राज यादव र सुरेश चुनारा चारैजना खेलाडीहरु १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् ।
नेपालगञ्जमा एक साताको प्रशिक्षणपछि खेलाडीहरुकाे टोली उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म प्रशिक्षणमा रहने मुख्य प्रशिक्षक इद्रिसीले बताउनु भएको थियो ।
खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउँदा आफूहरु साह्रै उत्साहित र खुशी रहेकाे बताए ।