सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आइटीएफ तेक्वान्दो टोली भारत प्रस्थान


नेपालगन्ज,भारतको हैदराबादमा सञ्चालन हुने सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ११ जना खेलाडीसहित १४ सदस्यीय टोली नेपालगन्जबाट भारत प्रस्थान गरेको छ ।
नेपाल आइटीएफ तेक्वान्दो महासंघका केन्द्रीय सदस्य विरेन्द्र शाहीले अगस्त ४ देखि ६ तारिखसम्म भारतको हैदराबादमा हुने सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दाङ, बाँके र कर्णाली प्रदेश सुर्खेतका ११ जना खेलाडीसहित १४ जनाको टोली जमुनाह नाका भएर भारत गएको बताउनुभयो ।


उहाँले सो टोलीमा बाँकेका ६, दाङका ४ र सुर्खेतका एक गरेर ११ जना खेलाडि, एक जना कोच, एक जना रेफ्री र एक जना टिम म्यानेजर रहेको बताउनुभयो । सो प्रतियोगितामा नेपालबाट ६४ जना खेलािडको सहभागिता रहने जनाउँदै नेपाल आइटीएफ तेक्वान्दो महासङ्घका केन्द्रीय सदस्य शाहीले अरु खेलाडी काठमाडौं, विराटनगरलगायत स्थानबाट भारत गएको बताउनुभयो ।
टोलीलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापालगायत जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र नेपाल आइटीएफ तेक्वान्दो महासंघका सदस्यले बिदाइ गर्नुभयो । बरिस्ठ गुरु गिता क्षेत्री, होम सुनार ,जुबेर खान युपि रूपैडिहा बरिस्ठ गुरु सिराज खान , सहितको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »