नेपालगन्ज, नेपाल र भारतको सीमा हुँदै नेपाल भित्रयाउदै गरेको अवस्थामा ७ हजार गोटा कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बलको बढैया बिओपीबाट खटिएको सशस्त्र प्रहरीले खजुरा गाउँपालिका वडा नम्बर १ चन्द्रनगरबाट बेवारिसे अवस्थामा ८ वटा साइकलमा कुखुराको चल्ला लोड गरेको अवस्थामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपाल भित्रिदै गरेको गोप्य सूचना पाउनसाथ सशस्त्र प्रहरी बल बढैया बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक साहीको कमांडमा खटिएको मोबाईल टोलिले ८ वटा साइकलमा प्रती साइकल २ हजारको दरले ८ वटा साइकलमा ७ हजार गोटा कुखुराको चल्ला लोड रहेको छ । उक्त चल्लाको अंदाजी मूल्य करिब ५ लाख ६८ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट नेपाल भित्रयाउदै गरेको अवस्थामा खटिएको सशस्त्र प्रहरीको टोलि हेर्नसाथ तस्करहरू फरार भएपनी ८ वटा साइकल सहित चल्ला नियन्त्रणमा लिएको बढैया बिओपीका इंचार्ज सशस्त्र प्रहरी निरीक्षक हरी बहादुर साहीले जानकारी दिनुभयो । बिहानको समयमा चोर बाटो हुँदै नेपाल भित्रयाइ रहेको अवस्थामा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी उपरीक्षक साहीले जानकारी दिनुभयो ।
उहाले पक्राउ गरिएको चल्ला अवाश्यक कारवाहीको लागि पशु क्वारेन्टाइनमा बुझाउने तयारी गरिएको भएपनी पशु क्वारेन्टाइन बाँकेले लीन नमाने पछि उहाँले जानकी १ नम्बर का वडा अध्यक्ष मोहम्मद रजा राई साईगाउँ प्रहरी चौकी इंचार्ज फत्ते शिंह चौधरी स्थानिए सामजिक अगुवा लगाएतको उपस्थिमा ७ हजार गोटा कुखुराको चल्ला नष्ट गरिएको सशस्त्र प्रहरी ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण थापाले बताउनुभयो ।