नेपालगञ्ज, नेपालगञ्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि समावेशी प्यानलका तर्फबाट बिहिवार उम्मेदवारी घोषणा गरिएको छ । समावेशी प्यानलको तर्फबाट अध्यक्षमा टंक धामी, उपाध्यक्ष(उद्योग)मा चिरञ्जीवी ओली, उपाध्यक्ष(बाणिज्य)मा हरिलाल न्यौपाने, उपाध्यक्ष(महिला)मा मन्दिरा पाण्डे,महासचिवमा भिमबहादुर रानाभाट, उप–महासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्धिन जसगढ उम्मेदवार रहनुभएको छ ।
सदस्यहरुमा इन्दिरा कुमारी शाही, टोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धि बहादुर दियाली, सुदन केसी, शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुद्धिन अन्सारी, टिकामणी उपाध्याय, डम्बर चन्द, एशोसियट सदस्यमा कमल कार्की र राजिव तलंगा, र वस्तुगत सदस्यमा फणाधर भण्डारी र रंगबहादुर खड्का उम्मेदवार रहनुभएको छ ।
सो कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरी, पुर्ब अध्यक्ष नन्दलाल बैश्य, ब्यवसायी नेता पावर्ता आचार्य, इश्वर पोखरेल लगायतका ब्यवसायी नेताहरुले शुभकामना दिनुभएको थियो । यो प्यानलमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र मधेस केन्द्रीत राजनीतिक दल सम्वद्ध ब्यवसायीहरुको आवद्धता रहेको छ ।