रुपन्देही, राष्ट्रिय स्वराज पार्टीको रुपन्देही जिल्ला कार्यसमिति गठन भएको छ। रुपन्देही जिल्ला संयोजक सुरेश मणि त्रिपाठीको अध्यक्षतामा २१ सदस्य जिल्ला कार्यसमिति गठन गरिएको छ । जिल्लाको विभिन्न भागबाट राष्ट्रिय स्वराज पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो। उक्त भेलाबाट सर्वसम्मतीले कार्यसमिति गठन गरिएको छ। २१ सदस्यीय कार्य समितिमा विभिन्न क्षेत्रलाई मिलाउन बाँकी रहेको भन्दै १५ जनालाई मनोनित गर्न बाँकी रहेको छ।
अध्यक्षमा निर्वाचित भएपछि त्रिपाठीले लिमरा खबरसँग कुराकानी गर्दै राष्ट्रिय स्वराज पार्टीको सदस्यता लिनेहरुको संख्या ठूलो रहेको बताउँदै संगठन विस्तार भइरहेको बताए। त्रिपाठीले केही दिनभित्रै भातृ संगठनहरु बनाएर बाँकी नेताहरुको पनि व्यवस्थापन हुने जानकारी गराए।
उनले विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गर्नेको संख्या पनि ठूलो रहेको बताउँदै केही दिनभित्रै माप दण्ड बनाई उनीहरुलाई पार्टी प्रवेश गराउने तयारी रहेको राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय अध्यक्ष इरफान अहमद शेषले बताए ।
यस्तै,सहसंयोजक(सीता थारू चौधरी, सचिव युवराज पाण्डे, कोषाध्यक्ष मो।सलमान अहमद खाँन, सदस्यहरुमा गीता हरिजन, मो। अनिस, तराना खान, सतिश न्यौपाने , मेहताब आलम, बाबुलाल यादव लगायत २१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो। आजकै भेला पश्चात् लुम्बिनी प्रदेशको प्रदेश इन्चार्जको जिम्मेवारी ध्रुब शर्मा ९स्वामी बाबा० लाई तोकिएको छ। राष्ट्रिय स्वराज पार्टीका नेता जाबिर हलवाईले बताउनुभयो ।