सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भगवती पाण्डे ‘शीतल’ र एसएसपी दान बहादुर कार्की विरुद्ध हजारौं जनजातिहरु सडकमा

काठमाडौं । विवादस्पद अभिव्यक्ती दिने भगवती पाण्डे ‘शीतल’ र एसएसपी दान बहादुर कार्कीविरुद्ध हजारौं जनजातिहरु सडकमा उत्रेका छन । गत साउन १९ का दिन जिल्ला प्रहरी टेकु काठमाडौस्थित अभियुक्त पाण्डेलाई तत्काल पक्राउ शान्तिपूर्ण खबरदारी कार्यक्रममा आन्दोलनकारीहरुलाई एसएसपी दान बहादुर कार्कीको निर्देशनमा अनावश्यक बल प्रयोग गरि पक्राउ गरि चरम यातना दिई घाइते बनाइएको भन्दै नेपाल तामाङ घेदुङ र मगरसंघको आयोजना र आव्हानमा आज हजारौँ तामाङ, मगर लगायत आदिवासी जनजातीहरु सडकमा उत्रिएका हुन ।

त्यसैगरी आज नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरु लगायतले संयुक्त रुपमा गृहमन्त्री नारायण काजी श्रेष्ठलाई भेट गरी उक्त घट्नाको जानकारी गराई गम्भीर ध्यानाकर्षण गराएका छन् । नेपाल तामाङ घेदुङको अध्यक्ष मोहन गोलेले विवादास्पद अभिव्यक्ति दिने शितल पाण्डे नाम गरेको एकजना व्यक्तिलाई पक्राउ पुर्जी जारी भएर पनि प्रहरीले पक्राउ नगरेको कारण यी सबै घट्नाको दोषी प्रहरी रहेको जानकारी गराएका छन् भने विवादास्पद अभिव्यक्ति दिने पाण्डेलाई कारबाही हुनुपर्ने, एसएसपी दान बहादुर कार्कीलाई बर्खास्त गर्नुपर्ने र घाइतेको उपचार राज्यले गर्नुपर्ने माग राखेका छन् । गृहमन्त्री श्रेष्ठले प्रदर्शनको क्रममा घाइते भएका प्रदर्शनकारीहरुलाई उपचारमा कुनै कसुर बाँकी नराख्न र सम्पूर्ण उपचार खर्चको जिम्मा राज्यले लिने बताए ।

गत साउन ८ का दिन प्राइम टेलिभिजनद्वारा प्रासरित चिया गफ कार्यक्रममा अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायमा दाजुबहिनी बिच विवहाँ हुन्छ र ती जोडीबाट जन्मिएका सन्तानहरु अपराध जन्य गतिविधिमा अग्रसर हुन्छ भन्दै जनावरसँग तुलना गर्दै भ्रमिक तथ्यहिन अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति फिर्ता लिई माफी माग्न भगवती पाण्डेलाई तामाङ र मगर समुदायका विभिन्न संघ संस्थाले जारी गरेको प्रेस विज्ञप्तिलाई समेत बेवास्ता गरिएको हुँदा भगवती पाण्डे विरुद्ध उजुरी दर्ता गर्न बाध्य बनाइएको थियो । भगवती पाण्डेलाई पक्राउ पुर्जी जारी गरि लामो समय बितिसक्दा पनि निजलाई पक्राउ गर्न प्रहरी प्रशासनले कुनै चासो नदेखिए पछि मिति साउन १९ का दिन जिल्ला प्रहरी टेकु काठमाडौ स्थित तत्काल पक्राउ शान्तिपूर्ण खबरदारी कार्यक्रममा आन्दोलन कारीहरु लाई अनावश्यक बल प्रयोग गरि पक्राउ गरि चरम यातना दिई घाइते बनाइएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »