सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गोरखाको भच्चेकमा निःशुल्क दन्त शिविर : २८६ जनाले लिए सेवा

गोरखा । गोरखा जिल्लाको उत्तरी क्षेत्र अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेकमा दन्त शिविर भएको छ ।

मुटु फाउण्डेशन काठमाडौँ र मनोज एसोसिएसन फ्रान्सको प्रायोजन र अजिरकोट गाउँपालिकाको आयोजनामा अजिरकोट गाउँपालिका वडा नं ३ स्थित भच्चेक आधारभूत अस्पतालमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको हो ।

आइतबारदेखि सुरु भएको दन्त शिविरमा २८६ जनाले सेवा लिएको मुटु फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । जसमध्ये १७२ जनाले दाँत निकालेका छन् भने ७३ जनाले दाँत सफा र ३० जनाले सिमेन्ट भरेको गुरुङले बताउनुभयो ।

ओम समाज डेन्टल अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको उक्त दन्त शिविरमा अजिरकोट गाउँपालिकाभित्रको खरिबोट, हंसपुर, मुच्चोक, घ्याच्चोक र सिमजुङका विरामीको सहभागीता रहेको थियो ।

यसअघि मुटु फाउण्डेशनले गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो भने गोरखाको शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकामा रु १५ लाख ५० हजार मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »