सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सफल व्यवसायी प्रमोद कुमार अग्रवालसंघको सदस्यमा गर्दै छन् इन्ट्री

नेपालगञ्ज, नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट सदस्य पदका उम्मेद्वार हुन प्रमोद कुमार अग्रवाल । निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता पनि हुन ।

अत्यन्त सरल, मिलनसार, परोपकारी स्वभावका धनी, धैर्य गर्न सक्ने विषयवस्तुको सुक्ष्म अध्ययन गरी व्यवसायीका समस्याका बारेमा प्रष्ट रुपमा सम्बोधन तथा सम्बन्धित निकायमा कुरा राख्न सक्ने व्यवसायिक नेताको रुपमा उदाउँदै गरेका उम्मेदवार अग्रवाल ‘अग्रवाल ट्रेर्डस’मा आवद्ध छन ।
२०२४ साल देखि अग्रवाल व्यवसाय क्षेत्रमा आवद्ध भएका थिए । बुबा आत्माराम अग्रवाल र आमा सुसिल देवी अग्रवालको कोखबाट २०२४ साल साउन १८ गते जन्मिएका अग्रवाल यति बेला व्यवसाय क्षेत्रमा लागि सकेपछि देखिएका समस्याको समाधान गर्न आफु नेतृत्वमा उत्रिनुपर्ने सोचका साथ सदस्य पदमा उम्मेदवारी दिएका छन । यति बेला उनी मतदाताहरुको माझ मत आफ्नो पक्षमा पार्न उद्योगी व्यवसायीहरु संग उनीहरुको समस्या बुझ्दै भेटघाटमा व्यस्त देखिन्छन ।

उनको श्रीमती सिमा अग्रवाल पनि व्यवसायलाई चलायमान राख्न अग्रवाललाई सहयोग गर्ने गरेकी छन । उनको दुई जना सन्तान छन । उनको दुवै छोरा अध्यनरत छन ।
अग्रवालको शैक्षिक योग्यता हेर्दा कक्षा १२ सम्म अध्ययन गरेपनि अग्रवाल ट्रेर्डसलाई औवल उतार्न कुनै कसर बाकी राखेका छैनन ।

उनी सामाजिक उत्तरदायित्वलाई बोध गर्दै विभिन्न संघ संस्थामा समेत आवद्ध रहेका छन । उनी नेपालगञ्ज किराना तथा खाद्य व्यवसाय संघको उपाध्यक्ष समेत रहेका छन ।
आफुलाई स्वस्थ राख्न उनी योगालाई समेत विशेष ध्यान दिने गरेका छन । जस अनुरुप उनी योग समिति नेपालको आजिवन सदस्यता लिईसकेका छन । यति मात्रै होईन उनी योगको प्रशिक्षक समेत हुन । यसै सिलसिलामा उनी योग समिति सम्मानबाट कदरपत्र सहित सम्मानित भईसकेका छन । व्यवसायीक सिलसिलामा उनी विभिन्न देशहरुको भ्रमण र त्यहाको व्यवसायीक वातावरण समेत बुझिसकेका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »