काठमाडौं । बिभिन्न बहानामा बोटल वाटर उद्योगीहरुलाई घेरा बन्दिमा पारीएको भन्दै साना बोटल तथा जारको पिउनेपानि उत्पादन र बिक्री गर्दैआएको उद्योगीहरुको एकमात्र छाता संगठनको रुपमा रहेको नेपाल बोटल वाटर उद्योग संघले खानेपानी क्षेत्रका बिचौलिया अन्त्य गर्न आवश्यक प्रकृया अगाडी बढाउने भएको छ ।
संघको केन्द्रीय कार्यालय सुकेधारामा आज भएको पत्रकार सम्मेलनमा संघले यो घोषणा गरेको हो ।
पत्रकारहरु संग कुराकानि गर्दै नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष धु्रव गौतमले बिचौलियाकै कारण उद्योगीहरुमारमा परीरहेको बताउनुभयोे ।
बिचौलियाका कारण आमउपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै संघले बजार अनुगमलाई तीव्र पार्न खोजेको बताउनुभयो ।
संघका अध्यक्ष धु्रव गौतमका अनुसार उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैयाँ सम्म र बोतलको पानीमा प्रति बोतल १६ रुपैयाँ सम्म तथा उपत्यकाबाहिर जारको पानीमा ६० रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल २० रुपैयाँसम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुनेछ ।
संघले पानीको बजार अनुगमन गर्न संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको जनाएको छ ।
उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे–नराखेको, ट्रेडमार्क मिसयुज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्नेछ । यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आमउपभोक्तालाई आग्रहसमेत गर्नुभएको छ ।
संघका सल्लाहकार गोकर्ण सिलवालले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न आमउपभोक्तालाई आग्रह गर्नुभएको छ ।
हाल काठमाडौं उपत्यकाभित्रमा मात्र दैनिक दुई लाख ५० हजार जार पानी खपत हुँदै आएको छ। नेपालबाट आर्थिक वर्ष ०७९र८० मा मात्र रु। ६० करोड मूल्यबराबरको पानी विदेश निर्यात भएको संघले जनाएको छ। हाल काठमाडौं उपत्यकाभित्र झन्डै दुई सय र देशभर पाँच सयभन्दा बढी पानी उद्योग रहेका छन् ।
विज्ञप्ति जस्ताको तेस्तै
काठ्माडौँ उपत्यका तथा देशभरी संचालित पानी उद्योगीहरु स्थापनाकालदेखि नै संचालनमा रहदै आएको छ, भने आज चौतर्फी घेराबन्दिको सामना गरिहरेको छ । हालै विभिन्न सरोकारवालाको तारो बन्नुको साथै पानी माफिया, बिचौलियाको कारणबाट निकै प्रभावित बनेको छ । जबकी गत बर्ष २०७९ जेठ १९ गतेदेखि बिभिन्न खाद्द बस्तुको मुल्य बृद्धि हुदासमेत कोहि सरोकारवालाहरुको केहि सुनुवाई थिएन । उपभोतmाको हितलाई ध्यानमा राखि जारमा उद्योग मुल्य रु १८, बजार मुल्य रु ३५, उपभोतmा रु ४५,४७ र बोतलमा उद्योग मुल्य प्रति बाकस रु १३० बजार मुल्य १४५, १६० र अधिकतम खुद्रा मुल्य प्रति बोटल रु १६ कायम भएको छ । तर हाल बिचौलियाको चरम खेलवाड तथा नियमन निकायको ससतm अनुगमन तथा उद्योगीलाई बिना जानकारी जार नष्ट गर्दा उद्योगी दोहोरो तेहोरो मर्कामा पर्न गएका छन् । उपभोक्तालाई ध्यानमा राख्र्दै बर्षातको अवस्थामा पनि गुणस्तर पानी बिक्रि बितरण गर्र्दै सहजीकरण गर्ने कार्य गर्दा पनि माफिया र बिचौलियालाई आपत्ति भएको पानीका आम उद्योगीहरुको भनाई छ ।, यता भने, सोहि प्रकृतिको ग्यासको हकमा एक सिलिण्डर २९ केजी ढुवानी गर्दा रु १०० मन्जुर दिन हुने तर पानीमा ढुबानी खर्च जोड्दा पहाडै खसेझै गर्ने प्रचलनले समेत पानी उद्योगी कमाउने भन्दा दिन दुई गुण रात चोगुना गुमाउदै गएको आम उद्योगीको गुनासो रहेको छ । संघलाई पटक पटक जानकारी गराउदै आएको र मध्य नजर गर्दै अन्य उपभोग्य खाद्य बस्तुको चौगुण मुल्य बृद्धि भएतापनि पानीको हकमा गत बर्ष लिएको मुल्यलाई यथावत कायम राख्दै तपसिल बमोजिमको मुल्यलाई निरन्तरता दिने कार्य भएको छ । यस्त प्रवृतिदेखि कहिलेसम्म आम उद्योगी व्यवसायीले सहनुपर्ने ? के आम जनतालाई हाम्रो देशमा गरि खान नपाउने हो ? सरोकारवालाहरुले कहिले सुन्ने साना तथा सझौला व्यवसायीको मर्का ? के हाम्रो देशको नितिनियम यही होत ? जहा पनि माफिया र बिचौलियाको खेल ? सम्बन्धित निकायमा ध्यान जावस ।