काठमाडौं । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकाका निर्वाचित वडा अध्यक्षलाई जुवाखालबाट प्रहरीले पक्राउ गरेको खवरले सामाजिक संजाल तात्तिएको छ ।
यस्ता जनप्रतिनिधि बाट आम नागरिकहरुले कस्तो अपेक्षा गर्ने अनि यिनिहरुबाट के सिक्ने जस्ता प्रश्नहरु अन्य जनप्रतिनिधिहरु तिर पनि तेर्सिएका छन् ।
यस्ता गलत कृयाकलाप गर्नेहरुलाई हदै सम्मको कार्वाहिहुनु पर्ने नागरिक अगुवाहरुको माग पनि रहेको छ ।
काभ्रे जिल्लामा निर्वाचित वडाध्यक्ष सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई जुवा खेलिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
नेपाली कांग्रेसबाट निर्वाचित पाँचखल नगरपालिका वडा नं. १२ का वडाध्यक्ष ज्ञान बहादुर दनुवार सहित ९ जनालाई पाँचखाल नगरपालिका संगैको घरबाट पक्राउ गरिएको हो ।
वडाध्यक्ष दनुवार सहित नेकपा एमाले पाँचखाल नगरपालिका वडा-३ का अध्यक्ष प्रकाश सापकोटा, कांग्रेसका स्थानीय कार्यकर्ताहरु हरि ठकुरि, मित्र भुजेल लगायत पक्राउ परेका छन् ।
जुवाखालबाट प्रहरीले करिब १ लाख ९० हजार रुपैयाँ रकम समेत बरामद गरेको प्रहरीले जानकारी गराएका छन् ।