सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गतको महिला बिभागको हरितालिका तीजको अवसरमा एक बिशेष कार्यक्रम

काठमाडौं । सिन्धुपाल्चोक बाट बिभिन्न पेशा ब्यवसाय तथा जागिर र अध्ययनको शिलसिलामा काठमाडौं उपत्यकाभित्र बस्ने नेकपा(माओवादी केन्द्र)का शुभचिन्तक ,समर्थक तथा कार्यकर्ताहरुलाई पार्टीको संगठनको जिवित संपर्कमा राख्न बनेको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गतको महिला बिभागले महिलाहरुको उत्सवको रुपमा लिईने हरितालिका तीजको अवसरमा एक बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको प्रमुख वक्ताको रुपमा बोल्दै सन्चार तथा सुचना प्रबिधि मन्त्री रेखा शर्माले खास गरि माईतीघरमा बसेर खाने दर पार्टीप्यालेसमा खाने प्रचलनले आधुनिकताको बहानामा तीजको मौलिकता हराउँदै गएकोमा चिन्ता ब्यक्त गर्नु भयो । दर भनेर दारु र मौलिक नाचगानको सट्टामा डिजेको साउण्डमा तीजलाई परिणत गरेर महिला समानता र अधिकारको प्रश्न हल नभई समाज उल्टै बिखण्डनको दिशामा अगाडी बढ्ने भएकोले यसलाई रोक्न र तीजको मौलिकतालाई जोगाएर यसलाई नारीमुक्तिको एउटा गतिलो अभियानको रुपमा लैजान मओवादी भित्रका महिला संगठनहरुले पहल गर्नुपर्ने बताउनु भयो ।
सन्चार तथा सुचना प्रबिधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल (शरद),माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल,प्रतिनिधिसभा सदस्य माधव सापकोटा (सुबोध),बागमती प्रदेशसभा सदस्य अमृता नेपाल (प्रभा),महिला नेतृ कल्पना शर्मा,सम्पर्क समन्वय बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष जयराम आचार्य,बैकल्पिक केन्द्रीय सदस्य किशोर थापा लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।
सिन्धुपाल्चोक बलेफी गाउँपालिका अध्यक्ष शारदा आचार्य(अनुपमा) ले सन्चालन गरेको सो कार्यक्रममा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गतको महिला बिभागका अध्यक्ष मिथिला सिग्देलको सभापतित्व रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले हिजो जनयुद्धकालिन अवस्थामा रुढिवादी परम्परा भनेर बिरोध गर्ने माओवादी आज कस्तो मोडलको तिज मनाउने अभ्यास गर्दैछ भनेर जनताले समेत हेरी रहेकोले, यो बहु सांस्कृतिक राज्यमा परम्परागत संस्कृतिको नाममा भईरहेको ब्यापारीक मनोवृतिको संस्कृतिमाथि माओवादी निर्मम भएर लाग्नुपर्नेमा जोड दिनु भएको थियो ।
महिला नेतृ अर्चना खड्काले तीजको दिन माओवादीका महिला संगठनलाई पशुपतिक्षेत्रमा परिचालन गरेर आम नारीहरुलाई आफ्नो विचार र सेवा संगै प्रवाह गर्नसके प्रभावकारीहूने बताउनु भयो ।
महिला अधिकारका नाममाहुने छाडा संस्कृतिलाई रोक्न माओवादी भित्रका महिला संगठनहरु सकृय भएर लाग्नुपर्नेमा प्राय वक्ताहरुको एकरुपता देखिएको थियो ।
वैचारीक कुरामा प्रष्ट भएपनि ब्यबहारीक कुरालाई मिलाएर लैजान अझैकेहि समय लाग्ने भएकोले माओवादी त्यहि कुरामा बढी अल्मलिएको नेताहरुले बताउनु भएको थियो ।
कार्यक्रमको अवसरमा प्रधानमन्त्रीको निजि सचिवालय अन्तर्गत जनसंपर्क बिभागको जिम्मेवारीमा रहि बैदेशिक रोजगारको शिलसिलामा अलपत्र परेकाहरुको उद्धार र कार्यसम्पादनको सिलसिलामा मृत्युवरण गरेकाहरुको लासलाई नेपाल झिकाउन बिशेष पहल गरि दुईसय भन्दा माथि लासहरु आफन्तलाई जिम्मा लगाउन सफल हुनु भएकी सम्पर्क समन्वय प्रदेश समिति सदस्य साबित्री कुमारी अधिकारी लाई सम्मान समेत गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »