काठमाडौं । काठमाडौं महानगरपालिका मा १० बुँदे माग सहित भएको वार्तामा हाललाई पानि उद्योग सामान्यरुपमा चल्न दिने सहमति भएको अध्यक्ष गौतमले बताउनु भयो ।
वार्ता पश्चात एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बोटल वाटर उद्योग संघले आउँदै गरेको चाड पर्वलाई मध्यनजर गर्दै हाललाई सडक आन्दोलन स्थगित गरि बजारलाई आवश्यक पर्ने पानि उत्पादन तथा ढुवानी नियमित गर्ने र खवरदारी सहित वार्ताको ढोका खुल्ला राख्ने जनाएको छ ।
चाडपर्वकै बिचमा पनि वार्तामा बोलाए जान सकिने उहाँको भनाई रहेको छ । दशैं तिहार र छठ पछि सम्म पनि ब्यवसायीहरुलाई बेवास्ता गरिए फेरी निर्णयक आन्दोलनमा जाने संघको निर्णय भएको छ ।
काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको अक्वा ९९पानिको कम्पनिमा अनाधिकृतरुपमा प्रवेश गरि ज्यादति गरेको भन्दै नेपाल बोटल वाटर उद्योग संघले नगरपालिकाको कार्यालय अगाडी सयौं गाडीहरु रोकेर प्रदर्शन गरेर अत्यावस्यक उपभोग्य बस्तुको सुचिमा राखिएको पानि कम्पनि बन्द गराशउर आन्दोलनमा उत्रिए पछि बिभिन्न सहमति गर्दै अक्वा ९९पानिको कम्पनिको सिल खोलिने भएको छ ।
बालाजुमा रहेको अक्वा ९९ को उद्योगमा पुगि केहि स्थानिय सरकारका प्रतिनिधिहरुको रोबहरमा सिल गरेको बिषयलाई लिएर आन्दोलन गरिएको थियो ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले आफ्नो प्रयोगशाला मा चेक जाँच गरेर रिपोर्ट पेश गरे पछि दोषि देखिए कार्वाहि गर्नु पर्नेमा महानगरका प्रहरीहरुले आँखाले चेक जाँच गरेर कार्वाही गर्न खोज्नु सरासर गैरकानुनी भएको अध्यक्ष गौतमको दावी छ ।
बिगत केहि दिन देखि काठमाडौं नगरपालिकाले मनोमानि ढंगले पानि ब्यवसाय माथि ज्यादति गरिरहेको संघको आरोप छ ।
नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष यो बिषयमा कुराकानि गर्न केहि दिन अगाडी महानगरकार्यालयमा पुग्दा महानगर प्रहरी एसपि ले दुब्र्यबाहार समेत गरेको भन्दै पानि ब्यवसायीहरु आकोशित बनेका हुन् ।
पानिको गुणस्तर नापगर्ने निकाय अरुनै छ र नियमित जाँच गरिरहेकै छ भन्दै महानगरपालिकाले गिलासमा पानि लिएर बाटोमा पानिको गाडी रोक्नु गैरकानुनि तथा पानि ब्यवसायीमाथिको अत्यचार भएको संघको टिप्पणी छ ।
काठमाडौं महानगरपालिका संग बिभिन्न बिषयमा अहिले पनि निरन्तर संवाद भईरहेको संघका अध्यक्ष ध्रुव गौतमले जानकारी गराउनु भयो ।
काठमाडौं महानगरपालिका बेलैमा ब्यवसायीहरु संग बसेर समस्याको उचित समाधानको बाटो नखोजे ब्यवसायीहरु ब्यवसाय बन्द गरेर सडकमा उत्रन बाध्य हुने संघका अध्यक्ष ध्रुव गौतमले बताउनु भयो ।
हामि समस्याको उचित समाधान गर्न सबै स्थानिय सरकारहरुसंग सहकार्य गर्न तयार छौं भन्दापनि हामिलाई जानकारीनै नगराईकन अनुगमनको नाममा ब्यवसायीहरुलाई दुख दिनु जायज नभएको आन्दोलनमा सहभागि एक ब्यवसायीले बताउनु भयो ।