सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्रका सशस्त्र प्रहरी उपरीक्षक शाहीले घुमुवा राखेर रकम असुली


नेपालगन्ज , सीमा नाकाहरुबाट अवैध तस्करी र अवैध कारोबार नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको बिओपीका कर्मचारीहरुले तस्कर र अवैध कारोबारीहरुसँग पछिलो समय मिलेमतो गरी सेटिङमा तस्करीका सामान ओसार पसारको मार्ग खुल्ला गर्ने गरेको समाचार र तथ्य बाहिर आए पनि सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका एसपी रमेश बिक्रम शाहीले खासै चासो राखेको पाइँदैन ।


३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) शाहीले घुमुवा खटाएर नै कमाउ भन्दा सूरु गरेका छन् । एसपी शाहीले पैसा उठाउन कै लागि दुई जनालाई खटाएको स्रोतले सशस्त्र प्रहरी ३० नम्बर गणमा कार्यरत सशस्त्र प्रहरीले बताए उनले भने नाम उल्लेख नगरने सर्तमा भने । एसपी सापले पहिला म लाई कुनै पनि किसिमको पैसा चाहिदै भन्नुभएको थियो तर अहिले आफु अनुकुलका दुई जना लगाएर पैसा असुली गर्न लगाउनु भएको छ उनले भने,। पछिलो समयमा तस्करी बढेको पनि उनीमाथि निगरानी र कारबाही हुन सकेको छैन ।
(एसपी) शाहीले तस्करी गराउनकै लागि असई सोम राज शर्मा र सहायक हवल्दार सन्तोष सुनारलाई घुमुवा खटाएका छन् । सशस्त्र प्रहरीमा गोप्य सूचना संकलनका नाममा घुमुवा राख्न नपाइने नियम तोडेर एसपी शाहीले आफू निकटका तस्करहरुसँग रकम उठाउन सक्ने व्यक्तिलाई घुमुवाको रुपमा परिचालन गरेका छन् ।
यसको अर्थ तस्करसँग एसपी शाहीले असुली गरेको अवैध रकम माथिल्लो तहसम्म पुग्छ भन्ने अनुमान गर्न थालिएको छ । आफूलाई अब्बल ठान्ने एसपी शाहीले फिल्डमा कमजोर देखिएका छन् ।
उनको कमाण्ड कमजोर मात्र होइन असफल समेत देखा परेको छ । विपरीत घुमुवा खटाई रकम असुलेर तस्करीको लाइन खुल्ला गर्नुले प्रष्ट पारेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न मुख्यालय पुगेर दिएको निर्देशन एसपी शाहीले धोती लगाइ दिएका छन् ।
तस्करीमा संलग्न हुने जो कोहीलाई पनि कारबाही गर्न दिएको गृहमन्त्रीको निर्देशनलाई न त मुख्यालयका उच्च नेतृत्वले ध्यान दिएको छ, न त तल्ला युनिट प्रमुखहरुले मन्त्रीको निर्देशन सुनेका नै छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अघि सारेको नीति विपरीत बाँकेमा घुमुवा परिचालन गरेर रकम उठाउने, रकम लिएर तस्करी गर्न लाइन दिने काम एसपी शाहीले गरेका छन् ।
त्यसवापत मोटो रकम असुल गरी एसपी शाहीलाई भेटी चढाउनु शर्मा र सुनारको दैनिक कर्तव्य हो । केही दिन अघि मात्र बाँके र बर्दिकोको सिमाना जमुनीबाट शर्मा र सुनारले तस्करको समानलाई पास गराएका थिए ।
अहिले बाँकेबाट सशस्त्र प्रहरीको तर्फबाट तस्करीको लाइन तस्करहरुले तस्करीको लाइन पाए बापत मासिक एक लाखको दरले रकम असई शर्मामा माफत एसपी शाहीलाई दिने गरेपछि तस्करीको लाइन खुल्लखुल्ला गरिएको सशस्त्र स्रोतले बताएको छ ।लाइभपाटी

भर्खरै

सम्बन्धित खबर

Language »