सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टरको भुकम्पजाँदा ठुलो धनजनको क्षति

काठमाडौं । गएराति ११ : ४७ मा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भुकम्पले पश्चिम रुकुम,जाजरकोट तथा आसपासको क्षेत्रमा ठुलो धनजनको क्षति भएको खवर प्राप्त भएको छ ।
भुकम्पमा परि जाजरकोट नलगाडा नगरपालिककी उपमेयर सरिता सिंह सहित १०० भन्दा माथिको ज्यान गएको र हजारौं जना घाईते भएको श्रोतले जनाएको छ ।
रातिको समय भएकोहुनाले सबै घरमा सुतिरहेको अवस्थामा भुकम्पजाँँदा ठुलो धनजनको क्षति भएको हो ।
अहिलेपनि उद्धारटोलिले उद्धारकोकाम जारी राखेकोले विस्तृत विवरण भने आई नसकेको स्थानिय अधिकारीहरुले बताएका छन् ।
यो विपदको समयमा सबैले आ—आफ्नो ठाउँबाट सहयोगगर्न सरकारले अपिलसमेत गरेको छ ।
घटना लगतै प्रधानमन्त्री पुष्पकमल दाहालको टोलि राहत सामाग्री बोकेर भुकम्प प्रभावित क्षेत्रमा गएको खवर समेत प्राप्त भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »