काठमाडौं । यहि कार्तिक १७ गते राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भुकम्पमा परि घरबास बिहिन भएका हरुका लागि समाजसेवी शान्त शर्मा र सामाजिक अभियन्ता तथा गायक तिलक बस्नेतको पलहमा १५ वटा घर बन्ने भएको छ ।
सामाजिक अभियन्ता तथा गायक तिलक बस्नेतको आधिकारीक फेसबुक मार्फत यो घोषणा गरिएको थियो । अभियानको प्रारम्भमा शान्त शर्मा बाट ५० हजार,एन्जिलिना अर्याल बाट ५० हजार र गायक तिलक बस्नेतको तर्फबाट ५०हजार जम्मा गरिएको समेत सो पोष्टमा जानकारी गराईएको छ ।
विश्वब्यापि रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड—१९) को लकडाउनमा समेत समाजसेवी शान्त शर्माले लाखौंको स्वास्थ्य सामाग्रीहरु नेपालका बिभिन्न ठाउँहरुमा बितरण गर्नु भएको थियो ।
देश रोएको बेला सबैलाई दुख्नु पर्छ ,सबैले पिडाको महसुस गरेर मल्हम लगाउने प्रयास गर्नु पर्छ भन्दै अभियन्ता द्वय ले यो अभियान शुरु गरेको बताउनु भएको छ ।
अभियानमा जोडीन र जो जसले जहाँ बाट जे सक्छ त्यहि सहयोग गर्न समेत अपिल गरिएको छ । सहयोग र समन्वयको लागि तिलक बस्नेतको सम्पर्क नम्बर ९८६१२०१८२३ र शान्त शर्माको सम्पर्क ९८६०३१११८० मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
स्थानिय सरकार संगको समन्वयमा फलाम र सिमेन्ट बोर्डबाट भुकम्प प्रतिरोधि घर आफ्नै प्रत्यक्ष संलग्नतामा बनाउने समेत अभियन्ताहरुले जनाउनु भएको छ ।
यो कार्यमा मिडियाको तर्फबाट सारा खबर डटकम र सोसल मिडिया एण्ड लिगल सर्भिसले समेत साथ दिने भएको छ ।