सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्लोबल कलेज इन्टरनेशनल ‘बेष्ट विजनेश स्कुल अफ द ईयर अवार्ड २०२३’ बाट सम्मानित

जापान । ग्लोबल कलेज इन्टरनेशनल ( जिसिआई) बेष्ट विजनेश स्कुल अफ द ईयर अवार्ड २०२३ बाट सम्मानित भएको छ । जापानको टोकियोमा हालै सम्पन्न नेपाल एडुकेशन अवार्ड सेरोमनी माझ जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कलेजलाई अवार्डसहित सम्मानित गर्नुभएको हो ।

कलेजकोतर्फबाट अनुसन्धान सह संयोजक राजेन्द्रप्रसाद ओझाले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो । अवार्ड ग्रहण पस्चात ओझाले उक्त पुरस्कारबाट सिंगो जिसिआई परिवार नै गौरन्वान्वित रहेको र शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र पूर्व विद्यार्थीको प्रतिबद्धताका कारण कलेजले उक्त उपलब्धि हासिल गरेको बताउनुहुँदै सबैमा आभार समेत व्यक्त गर्नुभयो ।

‘यस अवार्डको हकदार बन्न पाउँदा सिंगो जिसिआई परिवार गौरन्वान्वित छ, समस्त क्याम्पस समुदायकै प्रयास र अथक मेहनतको फलको रुपमा मैले यसलाई लिएको छु । र भोलीको दिनमा पनि हामी ग्लोबल कलेज इन्टरनेशनललाई उत्कृष्ट शैक्षिक संस्थाको रूपमा कायम राख्दै अगाडि बढने प्रतिबद्धता व्यक्त गर्छु र अन्त्यमा, सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु’ उहाँले भन्नुभयो ।

त्यसैगरि कलेजले यस अवार्डले कलेज परिवारलाई थप उर्जा एवम् हौसला मिलेको जनाउदै भनेको छ ’विद्यार्थीको चौतर्फी विकास र शैक्षिक गुणस्तरको लागि हाम्रो समर्पणको कदरले हामीलाई उर्जा तथा हौसला मिलेको छ । हामीलाई गौरव समेत महशुस भएको छ’ ।

ग्लोबल कलेज इन्टरनेशनलको संक्षिप्त परिचय काठमाडौं स्थित मध्य वानेश्वरमा अवस्थित ग्लोबल कलेज ईन्टरनेशनलमा सेमेष्टर प्रणालीमा अध्ययन अध्यापन हुँदै आएको छ । यस कलेजले मध्य पश्चिम विश्वविद्यालय सुर्खेतको सम्बन्धनमा एम्.बि.ए., बि.बि.ए., बि.एच्.एम् र बि.टि.टि.एम्. जस्ता विश्वब्यापी लोकप्रिय कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।

व्यवस्थापन शिक्षामा विद्यार्थीको पहिलो रोजाईमा रहेको ग्लोबल कलेजबाट दिक्षित स्नातकहरु स्वदेश तथा विदेशमा प्रसिद्ध संस्थाहरुमा आवद्ध भई अध्ययन, अनुसन्धान एवम् रोजगारमा संलग्न छन् ।

यस कलेज युरोपियन युनियन आवद्ध ईरास्मस प्लस कार्यक्रमको साझेदार सदस्य समेत रहेको छ ।

इरास्मस कार्यक्रम अन्तर्गत कलेजले निरन्तर रुपमा युवा विद्यार्थीहरुलाई उद्यमशीलता, पर्यटन लगायतका क्षेत्रमा अनुसन्धान एवम् क्षमता अभिबृद्धि र अभिमुखिकरण तालीमहरु प्रदान गर्दै आइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »