सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लालिगुराँस डटकमका संचारकर्मी प्रकाश ढकाल मृत अवस्थामा भेटिए हत्याको आशंका

काठमाडौं । लालीगुराँस डटकममा ७ बर्ष देखि दुबईको प्रमुख सम्बाददाता हुदै हाल नेपाल आएरपनि लालीगुराँस डटकमबाटै मनोरंजन समाचार लेख्दै आएका रंग पत्रकार प्रकाश ढकाल सम्पर्कबिहिन भएको ३ दिन पछि बेनिघाट रोराङ वडा न. ७ कृष्णभिर मुनि नदी किनार नजिक शंकास्पद रुपमा मृत अवस्थामा शव भेटिएको छ ।
लालिगुराँस मिडियाका अध्यक्ष कमल सरगमले फेसबुक वालमा लेख्दै “ टाउको र शरिरमा समेत चोट रहेको शवको पक्कै प्रहरीले छानबिन गरि सत्यतथ्य बाहिर ल्याउने छ भन्ने आस छ”भनेका छन् ।
सरगमले “प्रकाशको दुखद निधनले सिंगो लालीगुराँस परिवार सोकमा छ यो दुखत घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस, भगवान संग यही प्राथना गर्दछौ ” भनेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »