सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुर्गा प्रसाईँको आन्दोलनमा नेपाल बचाऔं अभियानको ऐकेबद्धता(प्रेस विज्ञप्ति सहित)

काठमाडौं । नेपाल बचाऔं अभियानले ब्यवसायी दुर्गा प्रसाईँको संयोजकत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले गर्न लागेको २०८० मंसीर ७ देखि हुने आन्दोलनलाई सघाउने गरि ऐकेबद्धता जनाएको छ ।
आज एक प्रेस विज्ञप्ति जारि गर्दै यो जानकारी गराईएको हो ।
प्रेस विज्ञप्ति जस्ताको तस्तै
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले विगत केही समय देखि लघुवित्त, सहकारी र वित्तीय संस्थाबाट पिडित तथा समष्ठिगत रुपमा मीटर व्याज पिडित व्यक्तिहरुका पक्षमा आन्दोलन गर्दै आएको विषयमा हाम्रो अभियान जानकार थियो । पछिल्ला दिनहरुमा महाअभियानका अध्यक्षले नेपालको वर्तमान राज्य संरचना र शासकीय स्वरुपका सन्धर्भमा देखाउदै आउनुभएको विमति, विगत ३४ वर्षदेखि पटक पटक सत्तामा रहिआएका सरकारहरुले गरेका कुशासन र राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिमा देखिएको विचलन जस्ता विषयहरुमा पनि आवाज बुलन्द गर्दै आउनु भएको तथा यिनै विषयहरुमा केन्द्रीत रही यही मंसीर ७ गते देखि काठमाण्डौमा आन्दोलन र विरोध कार्यक्रम सञ्चालन गर्न गइरहेको विषयलाईपनि हामीले नजिकबाट नियाली रहेका थियौं ।
यसै परिप्रेक्षमा उक्त महाअभियानले २०८० मंसीर ७ देखि हुने आन्दोलनलाई सफलं बनाउनकालागि हाम्रो अभियानको पनि साथ र सहयोगको निमित्त अनुरोध गरेको सन्दर्भलाई विचार गर्दा नेपाल बचाओं अभियान पनि राष्ट्रियता, सुशासन र समृद्धिको प्रवर्धन गर्ने प्रमुख उद्देश्य लिई क्रियाशील भइरहेको र दुर्गा प्रसाईको नेतृत्वमा क्रियाशील महाअभियानले पनि हाम्रो अभियानले उठाएका मुद्दाहरुकै सेरोफेरोमा केन्द्रीत भई आन्दोलन गरिरहेको परिप्रेक्षलाई ध्यान दिई उक्त महाअभियानले यही मंसीर ७ गते देखि काठमाण्डौमा सञ्चालन गर्न गइरहेको आन्दोलनमा यस अभियानले सहमति जनाउदै शान्तिपूर्ण रुपले गरिने विरोध प्रदर्शन लगायतका कार्यक्रमहरुमा ऐकवद्धता जनाउने निर्णय भएकोले यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
ईश्वरी प्रसाद भट्टराई
संयोजक,
नेपाल बचाऔं अभियान
केन्द्रिय कार्यालय, काठमाडौं सम्पर्क नं ९८६०१२६७१४,९८५७८२१९८७

भर्खरै

सम्बन्धित खबर

Language »