सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एम्बुलेन्सकै कारण बिरामीहरुले कुनै सास्ती भोग्नु परेको प्रमाण ल्याउन : मेसुको चुनौती

बाबुराम श्रेष्ठ

धादिङ । जिल्ला अस्पताल धादिङमा एम्बुलेन्सकै कारण बिरामीहरुले कुनै सास्ती भोग्नु नपरेको जिल्ला अस्पताल धादिङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुरेन्द्र भट्टले जानकारी दिनुभयो ।

दुर्घटना लगायत अन्य प्रकारका बिरामीलाई आपतकालिन उद्दार गर्न धादिङ अस्पतालको एम्बुलेन्स २४ सै घण्टा तैनाथ अबस्थामा खडा गरिएको भट्टको भनाई छ । प्रदेश ३–०१००२ झ ५४८२ नम्बरको एम्बुलेन्सको इन्जिन खराब भएका कारण मर्मत भैरहेको र अबको केही दिनमा मर्मत कार्य सकिने भट्टले बताउनुभयो ।

“मेसु भट्ट भन्नू हुन्छ : कार्यालय प्रमुख जस्तो ब्यक्तिले अस्पताल जस्तो ठाउँको एम्बुलेन्स मर्मत कार्यमा ध्यान नदिएको भन्नू मुर्खता हो । यो बिषयमा मैले दिनकै चासो गरेको छु । मर्मतका लागि छोडिएको स्थानमा सम्पर्क गरि रहेको छु । एम्बुलेन्स कै कारण कुन बिरामीको मृत्यु भयो , प्रमाण सहित देखाउन चुनौती दिनु भएको छ ।

हावादारी र असत्य समाचार लेख्ने अधिकार कसैलाई नभएको भन्दै सत्य के हो बुजेर मात्र समाचार लेख्न अनुरोध गर्नु भएको छ । मैले जिल्ला अस्पताल धादिङको प्रमुखको जिम्मेवारी समालेको करिब दुई महिना मात्र भएको छ । मैले जिम्मेवारी समालेपछी अहिले धादिङ अस्पतालमा महिनामा ६० देखि ७० जना गर्भवती महिलाको धादिङ अस्पतालमै सुत्केरी गराएका छन् ।

बिगतमा गम्भीर किसिमका गर्भवती महिलाको चेक जाँच गरि शल्यक्रिया गरेर अपरेसन गर्ने काठमाडौ रिफर गर्नु पर्ने अवस्था थियो । अहिले त्यसको अन्त्य भएको छ । छोटो समयमा मैले गरेको राम्रा कामको मुल्यांकन आमनागरिकले गरेको छ । पहिले कस्तो थियो अस्पताल अहिले कस्तो भएको छ अबलोकन गर्न समेत सबैलाई आग्रह गर्नुभयो ।

काम गर्ने क्रममा अस्पतालकै केही कर्मचारीले नै काम गर्न नदिएको र राजनीति र शक्तिको आडमा दम्भ देखाउने काम गरिरहेको उहाँको आरोप छ । अस्पतालको हरेक काममा बाधा पुराउने , असहजता गर्ने जस्ता गतिविधि गरिरहेको छ ” उहाँले बताउनुभयो ।

अस्पतालमा आएका गम्भिर विरामीलाई सहज तरिकाले रिफर गरिएको छ । यदि बिरामीहरुले एम्बुलेन्स नपाएको कुनै गुनासो छ भने सिधै आफुलाई जानकारी गराउन अनुरोध गर्नु भएको छ ।

धादिङ अस्पतालको अक्सिन प्लान्टमा केही समस्या आएको कारण केही दिनपछि पुनः सञ्चालनमा आउने जिकिर गर्नुभयो ।आफ्नो पद बदलिपछी अस्पतालका केही कर्मचारीले नै अस्पतालको बदनाम गरिरहेको स्थानीयको भनाई छ ।

अस्पतालको नाईके भै काम नगर्ने र अरुलाई पनि काम गर्न नदिने ब्यक्तिको पद परिवर्तन हुँदा त्यही फाइदा लिएको स्थानीयहरुले बताएका छन् ।

अस्पतालको सेवा र हावादारी काम गर्नेलाई यहाँबाट नै लखेट्ने समेत बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »