सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिंहदरवार छिर्ने उद्योष गरेको दुर्गा प्रसाईँको आन्दोलनलाई दिनभर प्रहरीले बल्खुमै अल्मलायो

काठमाडौं । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानको आयोजनामा भएको बृहत प्रदर्शनको कारण आज काठमाडौंको बल्खु क्षेत्र दिनभर जस्तै तनाबग्रस्त बनेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले संसदभवन,माईतीघर मण्डला तथा मन्त्री क्वाटर आसपासको क्षेत्रमा निशेधाज्ञा जारि गरेपछि राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानले कार्यक्रम बल्खुमा गर्ने निर्णय गरेर सरकार संग एक कदम पछाडी हटेको जानकारहरुले बताएका छन् ।
बिहान ११ बजेबाट शुरुभएको प्रदर्शनमा संयोजक दुर्गा प्रसाईँ तथा राप्रपाका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र शाहीले सम्बोधनगरिसकेपछि त्यो जमात सिंहदरवार प्रवेश गर्ने भन्दै बल्खु बाट कालिमाटी तर्फ अगाडी बढ्न खोजे पछि त्यहाँ तैनाथ शुरक्षाकर्मीले सामान्य बल प्रयोग गरेको थियो ।जब आन्दोलनकारीहरु प्रहरीमाथि जाईलागेका थिए प्रहरीले पनि बल प्रयोगगर्न शुरु गरेको थियो । प्रहरीले शुरुमा पानिको फोहोरा हानेर भिडलाई तितरबितर पार्न खोजेपनि आन्दोलनकारीहरुले प्रहरीमाथि ढुंगा ,ईट्टा तथा बाटोमा बिछ्याईएका बल्कहरु समेत प्रहार गर्न थाले पछि प्रहरीले एकैसाथ अस्रुग्याँस ,पानिको फोहोरा र लाठी चार्ज गरेर भिडलाई तितरबितर बनाएको थियो ।
प्रदर्शनकारी तथा आन्दोलनकारीबिचमा भएको झडपमा केहि आन्दोलनकारी तथा प्रहरी समेत घाईते भएका थिए ।
दुर्गा प्रसाईँको आन्दोलनमा पुर्वराजा ज्ञानेन्द्रको सहयोग रहने भनिएपनि त्यस्तो सहयोग नरहेको जानकारहरु बताउछन् ।
बल्खुको सिता पेट्रोलपम्प देखि सानेपा सम्म फैलिएको प्रदर्शनकारीहरुको भिड प्रहरीको सामान्य बल प्रयोग पश्चात तितरबितर भएर सानो समुहमा परिणत भएपछि आन्दोलनकारीहरुले खासै अगाडी बढ्ने हिम्मत गरेनन् । एकै छिन आन्दोलनकारीको नियन्त्रणमा रहेको बल्खु क्षेत्र दिनभर प्रहरीले आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो ।
आन्दोलनको कार्यक्रमबाट निस्किए लगतै महाअभियानले पत्रकार सम्मेलन गरि भोलि उपत्यका बन्दगरि सडकमा उत्रन सबै ब्यवसायीहरुलाई आह्वान समेत गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संयोजक दुर्गा प्रसाईँले राजाले सहयोग गरे पनि नगरेपनि खासै फरक नपर्ने तथा राज संस्थाको बारेका पछि कुरा गरौंला भन्दै अहिले भने बैंक,सहकारी तथा लघु वित्त र मिटरब्याजिहरुबाट पिडित भएकाहरुको समस्या हलगर्न तर्फ आन्दोलन आन्दोलन अगाडी बढ्ने संकेत गरेका थिए ।
हाम्रो ब्यवस्थाआएको भोलि बिहान सबै ऋण मिनाहाहुने भन्दै सबैलाई आन्दोलनमा साथ दिन दुर्गा प्रसाईँले आह्वान गरेका थिए ।
बिहान केहिबेर नेकपा(एमाले)निकट युवासंघ संग घम्सा घम्सि गरेर अगाडी बढेको दुर्गा प्रसाईँका समर्थकहरु प्रहरी सामु भने नतमस्तकनै बनेका थिए ।
प्रहरीले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएपछि प्रसाईँका समर्थकहरु आधाभन्दा बढी कोहि खाजाघर तिर र कोहि घाममा बदाम सुन्तला खाँदै बसेको भेटिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »