काठमाडौं। मोबाइल प्रविधिले विश्वको अर्थतन्त्रमा ५ प्रतिशत योगदान दिइरहेको एक अध्ययनले देखाएको छ । मोबाइल इकोनोमी रिपोर्ट २०२३ अनुसार मोबाइल प्रविधिले विश्वको अर्थतन्त्रमा ५.२ ट्रिलियन डलर योगदान गरेको छ । यो विश्वको कुल जीडीपीको ५ प्रतिशत हो ।
यो प्रविधिले एसिया क्षेत्रको जीडीपीमा पनि करिब ५ प्रतिशत नै योगदान गरेको प्रतिवेदनमा उल्लेख छ । यो दशकको अन्तिमसम्ममा यसले एसियाको जीडीपीमा १ ट्रिलियन डलरको योगदान गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
विश्वमा फाइभजी प्रविधिको विस्तार तीव्र रुपमा भएको र यसले सन् २०२२ मा विश्वभर २ करोड ८० लाख रोजगारी सृजना गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
फाइभजी हाल विश्वभर १७ प्रतिशत ओगटेको छ भने सन् २०३० सम्म यसको कनेक्सन बढेर ५४ प्रतिशत हुने प्रक्षेपण रिपोर्टमा गरिएको छ ।
नेपालको अर्थतन्त्रलाई उकास्न पनि फाइभजीले महत्वपूर्ण भूमिका खेल्न सक्ने सूचना प्रविधिमा क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । बुधबार कम्प्युटर एशोशिएशन अफ नेपाल ९क्यान महासंघ० र युएसएडको आयोजित एक कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।नेपालको अर्थतन्त्र र कृषि क्षेत्रलाई उकास्न फाइभजीले सशक्त रुपमा काम गर्ने मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, अस्ट्रेलियाका प्राध्यापक डा। राजन कँडेल बताउँछन् । ‘नेपालमा फाइभजी प्रविधिमा लागू भएमा वित्तीय क्षेत्र र कर्पोरेटहरूले प्राइभेट नेटवर्क राख्छ पाउँछन्। रियल टाइममा उच्च गतिको इन्टरनेट उपलब्ध हुँदा भर्चुअल रुपमा शाखाहरूमार्फत थोरै कर्मचारी राखेर देशभर धेरै काम लिन सक्छन् । साथै कृषि क्षेत्रमा आधुनिक तरिकाले खेती गर्न सघाउनेछ र उत्पादन वृद्धिमा पनि मद्दत पुग्नेछ,’ उनले भने ।
विश्वभरका १७३ देशहरूमा ५७८ अपरेटरहरूले फाइभजी प्रविधिमा लगानी गरिसकेको उनले बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणका उप(निर्देशक डा। प्रदीप पौडेलले इन्टरनेटको स्पीड बढाउन, डिजिटल डिभाइड कम गर्न र आर्थिक रुपान्तरण गर्न फाइभजी महत्वपूर्ण हुने बताए । ‘विकासका पूर्वाधारहरू ९शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत र खानेपानी०को डिजिटलाइजेशनमा नेपाल धेरै पछि परिरहेको अवस्थामा फाइजी प्रविधिले सहजता ल्याइदिनेछ,’ उनले भने ।
नेपाल टेलिकमकी निर्देशक रीना डंगोलले भने नेपालमा हाल चार ठाउँबाट फाइभजी नेटवर्कको परीक्षण भइरहेको जानकारी दिइन् । ‘टेलिकमले फाइभजी प्रविधिलाई बबरमहल, सुन्धारा, पोखरा र वीरगञ्जमा परीक्षण गरिरहेको छ,’ उनले भनिन् ।
आमसर्वसाधारणको हातहातमा मोबाइल र इन्टरनेटको पहुँच पुगिसकेकाले फाइभजी प्रविधिलाई कसैले रोकेर नरोकिने खल्ती एपका सीईओ अमित अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘अहिले जमाना ओटीटी प्लेटफर्ममा गइसकेको छ। साधारण मानिसहरू पनि फिल्म या म्युजिक हेर्न डेटा प्याक कुरेर बस्दैनन् । यो आवश्यक फाइभजीले पूरा गर्छ ।’