सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महोत्तरीका २४ वर्षीय अनिलकुमार साहले मलेसियामा गरे आफ्नै साथिको हत्या :भेष बदलेर नेपाल र्फर्कदै गर्दा बिमानस्थलबाटै पक्राउ

काठमाडौँ — मलेसियामा साथीको हत्या पश्चात् हुलिया बदलेर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी यस विषयमा थप अनुसन्धान भइरहेको छ । 

महोत्तरी, गौशाला नगरपालिका- ५ का २४ वर्षीय अनिलकुमार साहले झापा, शिवसताक्षी-३ का धनबहादुर प्रधानको हत्या गरेका थिए । उनीहरू दुवैजना मलेसियामा एउटै कम्पनीमा काम गर्दै आएका थिए ।

पीडतका आफन्तले साहले हुलिया बदलेर नेपाल आउन लागेको सूचना प्रहरीलाई दिएका थिए । साह गत मंसिर ३० गते मलेसियाबाट हिमालयन एयरलाइन्सबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए ।

साहविरुद्ध मृतककी श्रीमतीले हत्या आरोपमा किटानी जाहेरी दिएकी छन् ।

जिल्ला महोत्तरी गौशाला न.पा. वडा नं. ५ बस्ने वर्ष २४ को अनिल कुमार साहले बैदेशिक रोजगारको सिलसिलामा मलेसियाको एउटै कम्पनीमा सँगै काम गर्दै आएका जिल्ला झापा, शिवसताक्षी न.पा.वडा नं. ३ स्थायी वतन भएका वर्ष ४० को धन बहादुर प्रधानलाई मिति २०८०।०८।२५ गते मलेसियामा नै हत्या गरी नेपाल तर्फ आउन लागेको भन्ने पीडितका आफन्तले दिइको सूचनाको आधारमा निरन्तर निगरानी राख्दा हिमालयन एयरलाईन्सबाट आफ्नो हुलिया बदली नेपाल आउदै गर्दा मिति २०८०।०८।३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।

मृतकको श्रीमतीको जाहेरी अनुसार ज्यान सम्बन्धी कसुर मुद्दामा सम्मानित जिल्ला अदालत काठमाडौंबाट दिन ५ (पाँच) को म्याद लिई Interpol मार्फत मलेसियन प्रहरी र मलेसिया स्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी थप अनुसन्धान जारी रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »