सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ए.जी. सर्भिस प्रा.लिले सञ्चालनमा गर्न लागेको छैठौं नेपालगन्ज महोत्सबको तयारी पुरा


नेपालगन्ज, ए.जी. सर्भिस प्रा.लिले सञ्चालनमा गर्न लागेको छैठौं नेपालगन्ज महोत्सबको तयारी पुरा भएको छ । नेपालगन्जमा बिहीवार देखी सञ्चालनमा आउन लागेको छैठौं नेपालगन्ज महोत्सवको तयारी पुरा भएको हो । बुधबार आयोकले पत्रकार सम्मेलन गरि महोत्सबको तयारी पुरा भएको जानकारी गराएको छ ।


कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवद्र्धन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवको तयारी पुरा भएको ए।जी। सर्भिस प्रा।लिका अध्यक्ष तथा महोत्सबका संयोजक नन्दु बुढाले जानकारी गराउनुभयो । ‘कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागेको महोत्सवमा झण्डै ३ लाख बढि दर्शकले अवलोकन गर्ने अनुमान रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा थारु गाउँ, बालउद्यान, सबै प्रकारका स्टल, घुम्ने पिङ, बिबिध कला संस्कृति, भेष भूषा, डान्स तथा नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहने आयोजकले जानकारी गराएको छ । महोत्सवलाई थप आकर्षण बनाउन नेपाल र भारत हरियाणाका चर्चित चर्चित कुस्ती खेलाडीको समेत प्रतियोगिता रहने आयोजकले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालय परिसरमा यही पुष ५ गतेदेखि १७ गतेसम्म संचालन हुने महोत्सव स्थलमा २ सय बढि कृषि तथा व्यापारीक स्टलहरु रहेका छन् । महोत्सव अवलोकनको समय विहान १० बजे देखी साँझ ७ बजेसम्म निर्धारण गरिएको छ । महोत्सव अवलोकनका लागि साधारणका लागि प्रति व्यक्ति १०० रुपैँया र विद्यार्थीहरुका लागि ८० रुपैँया निर्धारण गरिएको आयोजकले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »