सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा भुकम्प सुरक्षा सम्बन्धि अन्तरक्रिया सम्पन्न


नेपालगञ्ज,नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी इंन्जिनियरिङ्ग एशोसिएशन नेपाल लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुवर्ण गिरीको अध्यक्षतामा नेपालगन्जमा “रोजगारी,तालीम,सुरक्षा र सचेतनास् बिकास र समृद्धिमा ईन्जिनियरिङ्ग पेशाकर्मीहरुको सहभागी” भन्ने मुल नाराका साथ घर तथा भुकम्प सुरक्षा खुल्ला अन्तरक्रिया र प्रस्तुती कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य एवं बाँके जिल्ला ईन्चार्ज अशोक कोईराला बिशिस्ट अतिथि नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं बाँके सह ईन्चार्ज अब्दुल हुंसैन खान, समाजवादी ईन्जिनियरिङ अशोशिएसन नेपालका केन्द्रीय अध्यक्ष ईन्जिनियर विरोध रिजाल,ईन्जिनियर सुबोध सत्याल लगाएत ईन्जिनियर गोर्खा ईको प्यानलका प्रतिनिधि लगाएतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको हो।


अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोईरालाले भुकम्प जहाँ जतिसुकै बेला पनि आउने र जस्तोसुकै ब्यक्तिहरुलाई पनि असर पर्ने भएकोले गोर्खा ईको प्यानलका प्रतिनिधिको प्रस्तुति निकै सान्दर्भिक भएको बताउनुभयो ।देश निर्माणका लागी युवाहरूलाई वैदेशिक रोजगारीलाई रोकेर स्वदेशमै रोजगारी सिर्जना गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभयो।जाजरकोटलाई केन्द्र बिन्दु बनाएर गएको भुकम्प बाट क्षती भएका घर निर्माण गर्न समाजवादी ईन्जिनिएरिङ्ग एशोसियसनले अग्रसरता लिए पार्टीले सक्दो सहयोग गर्ने बताउनुभयो । प्रशिक्षण सहित समाजवादी ईन्जिनियरिङ एशोसियसनले आयोजना गरेको कार्यक्रम धेरै सान्दर्भिक भएको भनाई राख्नुभएको थियो। कार्यक्रममा उपस्थित प्रमुख अतिथि बिशिस्ट अतिथि अतिथि सहयोगी संस्था लगाएतलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियो।
कार्यक्रमलाई समापन गर्दै समाजवादी ईन्जिनियरिङ एशोसियसन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुवर्ण गिरीले उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्दै सहयोग गर्ने संस्थालाई बिशेष धन्यवाद सहित सफलता पुर्बक सहभागी प्रमुख अतिथि बिशिस्ट अतिथि अतिथि ईन्जिनियर पत्रकार लगाएत सबैलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो। अन्तरक्रिया कार्यक्रम ईन्जिनियर मोहित बाबु शर्माले संचालन गर्नुभएको ईन्जिनियर ओम सापकोटाले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »