सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा पर्यटक भित्राएर नेपाल सरकारको लक्ष्य पुरा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले विदेशी राजदूत र दूतावासलाई धन्यवाद ज्ञापन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालस्थित विदेशी दूतावासहरुमा धन्यवाद पत्र पठाएको छ ।

पर्यटनमन्त्री सुदन किरातीले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखलाई शुभकामना दिँदै पत्र लेखेका हुन् ।

मन्त्रालयका प्रवक्ता हेमराज तामाङका अनुसार पत्रमा नेपालमा पर्यटक भित्राएर नेपाल सरकारको लक्ष्य पुरा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले विदेशी राजदूत र दूतावासलाई धन्यवाद ज्ञापन गरेको हो ।

नेपालको आर्थिक समृद्धिको सपनालाई पर्यटन मार्फत साकर पार्नका साथै दुई देशविचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन दुतावासले खेलेको भूमिका प्रशंसनीय रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पत्रमा उल्लेख छ ।

मन्त्रालयले नेपालमा पर्यटकको संख्या बढ्नुमा नेपालस्थित विदेशी कूटनीतिक नियोगको महत्वपूर्ण योगदान र भूमिका रहेको समेत बताएको छ ।

नेपाल सरकारले सन २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थियो । सन २०२३ मा १० लाख १४ हजार ८ सय ७१ पर्यटक नेपाल आएका छन् ।

मन्त्री किरातीले नेपाल भ्रमण दशक २०२३–२०३२ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या वार्षिक ३५ लाख पु¥याउने लक्ष्य रहेको भन्दै आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रोत्साहन गर्न समेत आग्रह गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »