सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माओवादीले टुंगायो राष्ट्रियसभाको लागि ६ जना उम्मेदवारको नाम, बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारी (बिवेक)परे सिफारीसमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गठबन्धनबाट भाग पाएअनुसार राष्ट्रिय सभाका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशीबाट महिला कोटामा चम्मादेवी कार्की उम्मेदवार बन्दा बागमतीमा अपाङ्गतर्फ श्रीकृष्ण अधिकारी र गण्डकीमा महिलातर्फ मनरूपा शर्मा उम्मेदवार चयन भएका छन् । यस्तै लुम्बिनीमा अन्यबाट झक्कु सुवेदी, कर्णालीमा दलित तर्फबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लागेको पौडेलले जानकारी दिए ।

पञ्चायती शासन व्यवस्थादेखि नै परिवर्तनको पक्षमा राजनितिक यात्राको थालनी गरेका नुवाकोटका अधिकारी त्यागी, निष्ठावान, इमान्दार र आदर्श नेता मानिन्छन् । माओवादी जनयुद्धको सुरुवाती समयदेखि आन्दोलनमा भूमिगत भएर होमिएका उनले अहिलेसम्म लाभको पदमा अवसर पाएका थिएनन् ।

क्रान्तिकारी विचारमा सदैव दृढ र अबिचलित नेता मानिने अधिकारी सोही कारण पनि उनलाई माओवादीले राष्ट्रिय सभामा यो अवसर दिएको मानिएको छ । हाल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा उपत्यका समन्वय प्रदेशका अध्यक्ष समेत रहेका अधिकारीले जनयुद्धकै संघर्षको क्रममा आफ्नो आँखासमेत गुमाउन पुगेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »