सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रामबहादुर बम्जनलाई पूर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौं– वेपत्ता,यौन हिंसा लगायतको आरोपमा पक्राउ परेका बौद्ध धर्मगुरु रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

विहिबार जिल्ला अदालत, सर्लाहीले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् ।

सीआईबीको टोलीले बम्जनको साथबाट तीन करोड ३० लाख बढी नगद,उनले प्रयोग गर्ने कार,मोटरसाइकल,ल्याक्टप र मोबाइल लगायतका सामग्रीहरु समेत बरामद गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »