सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माघ २६ र २७ गते दृुई दिने राष्ट्रिय हप्किडो च्याम्पियनसिप २०८० नेपालगन्जमा हुने


नेपालगन्ज, यही माघ २६ र २७ गते दृुई दिने राष्ट्रिय हप्किडो च्याम्पियनसिप २०८० नेपालगन्जमा हुने भएको छ । नेपाल हाप्किडो संघको आयोजनामा प्रोफेसनल राष्ट्रिय हाप्किडो च्याम्पियनसिप नेपालगन्जको रंगशालामा च्याम्पियन सिप आयोजना हुने भएको हो ।

हाप्किडो खेललाई विश्वव्यापी मूल्य र मान्यताअनुसार विकास तथा विस्तार गर्न खेलकुदको सांगठनिक ढांचामा समय सापेक्ष सुधार गर्न सरकारी, गैरसरकारी एवं निजी क्षेत्रका खेलकुद संस्था बीच समन्वय, सहकार्य एवं साझेदारीको वातावरण सिर्जना गरी हाप्किडो खेललाई जनजीवनको अभिन्न अंग बनाउन, शारीरिक, मानसिक, बौद्धिक र नैतिक क्षमतायुक्त मानव संसाधनको विकास गरी खेललाई रोजगारीमूलक व्यवसायको रूपमा स्थापित गर्ने उद्देश्यले यही माघ २६ र २७ गते २ दिने राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्न गइरहेको आइतवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएकोह हो ।


प्रतिस्पर्धामा सातै प्रदेश र नेपाल प्रहरी स्कुलको टीम गरि ८ टीमको खेलाडी सहभागीता हुने आयोजक टिमका संयोजक मोहसिन हलवाईले जानकारी गराउनुभयो । प्रतिस्पर्धामा फाइटतर्फ महिला र पुरुष दुवैमा ८–८ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । ४०–४४, ४४–४८, ४८–५२, ५२–५६, ५६–६०, ६०–६४, ६४–६८ र ६८+ तौल समूहमा प्रतिस्पर्धा हुने छ । यसैगरी सेल्फ डिफेन्स–डेमोष्ट्रेशन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने छ । च्याम्पियनसिपमा सहभागी हुन आउने सबै खेलाडी, प्रशिक्षक, रेफ्री, जज र निर्णायकको व्यवस्था आयोजकले गर्ने जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »