सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धावा गोरखा सम्पर्क समिति द्वारा ब्लड क्यान्सर पीडित बालक दिवस खनाललाई आर्थिक सहयोग प्रदान

काठमाडौं । गोरखाका एक ब्लड क्यान्सर पीडित बालकलाई सहयोग गरिएको छ ।
भिमसेनथापा गाउँपालिका वडा नम्बर–३ का ब्लड क्यान्सरबाट पीडित १४ वर्षीय दिवस खनालको उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।
धावा गोरखा सम्पर्क समिति दिल्लीबाट रकम संकलन गरी ब्लड क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
धावा गोरखा सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले संकलन भएको एकलाख तिनहजार तिनसय तेह्र रुपैयाँ ब्लड क्यान्सर पीडित बालकका आमा बिमला खनाललाई हस्तान्तरण गरेका हुन् ।
यस भन्दा अगाडी पनि शाक्यको पहलमा धावा चौताराका बिरामी राजु खनालको सहयोगार्थ रु पचास हजार ,निर्माण धमला शाक्यको सहयोगार्थ एकलाख पचासीहजार आठसय चार रुपैयाँ,सर्मिला परियारको सहयोगार्थ सत्तरीहजार चारसय सत्तरी रुपैयाँ ,चिनिमाया शाक्यको सहयोगार्थ एकलाख एकहजार आठसय बैसठ्ठी रुपैयाँ, शुकुमाया श्रेष्ठको लागि साठीहजार चारसय चालिस रुपैयाँ,विपना गिरीको लागि चौबिसहजार नौसय बाईस रुपैयाँ सहयोग उपलब्ध गराई सकेका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका पूर्व क्षेत्रिय सचिव बासुदेव भट्ट, धावा काठमाण्डाै विकास समन्वय समितीका अध्यक्ष बिकास लामिछाने, रास्वपा भिमसेनथापा गा.पा का सभापती राम चन्द्र पाेखरेल, धावा वडा नं ४ का वडा सदस्य शैलेन्द्र शाक्य, नेपाली कांग्रेस धावा काठमाण्डाैं सम्पर्क समितीका अध्यक्ष नवराज सिंम्खडा, पत्रकारहरू बिमल बाबू भट्ट, राजु भट्ट, डिबी पराजुली, बिर बहादुर राना, ऋषि खनाल( ऋतिक) तथा भिमसेनाथापा गाउँपालीकाकाे समाजसेवी हरूकाे उपस्थिती रहेकाे थियाे ।
सबैको सहयोग र साथले छोराले नयाँ जीवन जिउन पाएको र उपचारमा आर्थिक सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
सामान्य परिवारका सदस्य उनको उपचारमा समस्या भएपछि परिवारले सहयोगको आग्रह गरेका थिए ।
उक्त रकम हस्तान्तरण गर्दै अध्यक्ष यामलाल शाक्यले प्रवासमा श्रम बेचेर कमाउँदै आएका सहयोगी मनहरुबाट संकलन भएको रकमले नेपालमा उपचार गराउन समस्या भएर अनाहक ज्यान गुमाउन पर्ने अवस्थामा पुगेकाहरुको जीवन बचाउन पाउँदा आफुहरुको मन प्रफुल्ल भएको बताउँदै सबै सहयोगीहातहरुलाई हार्दिक आभार ब्यक्त गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »