सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको २० औँ सम्मेलन सम्पन्न : उपाध्यक्षामा प्रदिप पराजुली निर्बिरोध निर्वाचित

काठमाडौं । ‘शिक्षा स्वास्थ्य रोजगारको लागी हाम्रो अभियान, सामाजिक न्याय सहित आर्थिक समृद्विको पक्षमा २० औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ जिल्लाको सदरमुकाम चौतारामा, निश्चल संजेल को नेतृत्वमा ६५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गर्दे नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको २० औँ सम्मेलन सम्पन्न भएको छ ।


संगठनको नेतृत्वका लागि संगठनका तत्कालिन उपाध्यक्ष हरि पौडेल, प्रविण चौलागाईं, दिपक दनुवार र सचिव सुबास गौतमको समेत दावि रहेको भए पनि तत्कालिन संगठनको जिल्ला सहसचिवको भुमिकामा रहेका निश्चल संजेल अध्यक्षमा निर्वाचित भएका हुन् ।


अध्यक्षमा संजेल संगै उपाध्यक्षमा प्रदिप पराजुली, सुदिप श्रेष्ठ र कमल न्यौपाने निर्वाचित भएका छन् भने सचिवमा प्रल्हाद विश्वकर्मा, सह—सचिवमा उमेश लामिछाने, हितबहादुर तामाङ र रुपा न्यौपाने निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा मञ्जु नेपाल निर्वाचित भएकी छिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »