सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ह्याम्स अस्पतालमा नि:सन्तान दम्पतीलाई एकदिने नि:शुल्क परामर्श सेवा

काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालले निःसन्तान दम्पतीका लागि निःशुल्क परामर्श सेवा दिने भएको छ ।

आगामी शनिबार अस्पतालको आईभीएफ केन्द्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म निस्शुल्क परामर्श सेवा प्रदान गरिने अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। भोला रिजालले जानकारी दिए । ‘सन्तान उत्पादनका उपचार पद्धतिले निःसन्तान दम्पतीको पीडालाई कम गरिरहेको सन्दर्भमा उचित परामर्शले दम्पतीमा आशा जगाउने विश्वास लिएका छौं,’ उनले भने ।

उक्त दिन निःशुल्क परामर्श सेवाका साथै अस्पतालको प्रयोगशाला परीक्षणमा २० प्रतिशत तथा पाठेघर जाँचमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »