सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१६ वर्षपछि पक्राउ परेका आरोपीले भने : … कसैले त्यस्तो काम गर्नु हुँदैन

काठमाडौं। १६ वर्षपछि प्रहरीले पक्राउ गरेर ल्याएपछि गरिएको पत्रकार सम्मेलनमा आफूलाई सार्वजनिक गर्दा यादव आफैं बोल्न अघि सरे, ‘।। १६ सालपछि सरले समातेर ल्याएको हो, अहिले जसले पनि गल्ती गर्‍यो भने नेपाल पुलिसले नछाड्ने रहेछ ।’

उनले आफूलाई प्रहरीले यत्तिका वर्षपछि समात्ला भन्ने नलागेको बताए । ‘प्रहरीले जहाँदेखि पनि ल्याउन सक्छ, त्यसैले कसैले यस्तो काम गर्नु हुँदैन’, उनले बोल्दा बोल्दै प्रहरी अधिकृतहरुले उनलाई बाहिर निकाले ।

एसएसपी राठौरका अनुसार, महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलमलाई उनले २०६४ सालमा भगाएका थिए ।

रौतहटको पथरावुधराम–३ घर भइ काठमाडौं प्रहरीको हिरासत कक्षमा कार्यरत जवान यादवले नक्कली चिट बनाएर फिल्ड अधिकृत ९इन्स्पेक्टर० ले बोलाएको भन्दै आलमलाई हिरासत कक्षबाट बाहिर निकालेका थिए । त्यसपछि उनलाई लिएर आफू पनि भारततिर भागेको अनुसन्धानबाट खुलेको थियो ।

त्यसवापत उनले तत्कालीन समयमा ६ लाख २५ हजार रुपैयाँ पाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । त्यो रकमबाट यादवले भारतको कलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउन सुरु गरेको पाइएको प्रहरीले जनाएको छ ।

अहिले उनीसँग नौ वटा ट्याक्सी, भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स समेत रहेको प्रहरीले जनाएको छ । उनी भारतको कलकत्तामा श्रीमतीसहित बसोबास गर्दै आएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »