सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेका वडाध्यक्ष नृपेश बादेविरूद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका.९का वडाध्यक्ष नृपेश बादेविरूद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले उनीविरूद्ध शुक्रबार भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले वडाध्यक्ष वादेलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिइएको अवस्थामा पक्राउ गरेको थियो।

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »