सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तारकेश्वर नगरपालिका भित्र बसोबास गर्ने १२ हजार बालबालिकाहरुलाई आइपीभी खोप लगाईने

काठमाडौं । नेपाल सरकारको पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम २०८१ जेठ १३ देखि २६ गतेसम्म देशव्यापी रुपमा संचालन हुने भएको छ ।
२०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मीएका बच्चाहरुको लागि जेठ १३ देखि २६ सम्म पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम सञ्चालन हुँदैछ ।
उक्त कार्यक्रम अन्तर्गत तारकेश्वर नगरपालिका भित्र बसोबास गर्ने करिब १२ हजार बालबालिकाहरुलाई आइपीभी खोप लगाउने कार्यक्रम रहेको छ ।
पोलियो विरुद्ध आईपीभी खोप कार्यक्रमका लागि तारकेश्वर नगरपालिका ११ वटै वडामा ५५ वटा खोप केन्द्र रहने छन् ।
उक्त खोप केन्द्रबाट २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मीएका बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराईएको छ ।
खोपका लागि आवश्यक जनशक्ति, जनशक्तिलाई तालिम तथा अभिमुखिकरण, खोप केन्द्र र स्वंसेवकहरुको परिचालनको ब्यवस्थापन गरिएको छ ।
तारकेश्वरका वडाहरुमा वडा खोप समन्वय समितिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु, खोप कार्यकर्ताहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई खोपका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकिएको छ ।
आईपीभी खोप संचालनका लागि खोप अभियानको सम्पुर्ण तयारी पुरा भैसकेको नगरवासी समक्ष जानकारी गराउँदै उक्त खोप कार्यक्रममा बालबालिकाहरुलाई सहभागि गराइ सहयोग गरि दिनु हुन तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाह तथा जन स्वास्थ्य निरिक्षक गणेश बहादुर कुँवरले नगरवासीहरुमा हार्दिक अपिल गर्नु भएको छ ।
नेपाल सरकारको पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम २०८१ मा कोहि नछुटुन कोहि न दोहोरिउन भन्ने उदेश्यका साथ यो प्रेस विज्ञप्ति जारी गरिएको जनाईएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »