सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अत्यधिक गर्मीका कारण रौतहटका विद्यालय बन्द

रौतहट ।अत्याधिक गर्मीको कारण रौतहटको जनजिवन प्रभावित हुन थाले पछि जिल्लामा रहेका नगरपालिकाहरुले सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गराउन थालेका छन ।

रौतहटमा तापमान ४४ डिग्री सेल्सीयस सम्म पुगेपछि शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका १८ वटै पालिकालाई गर्मी विदा दिन पत्राचार गरेको छ ।

उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरु बेहोस हुने तथा लु लाग्ने समस्या आएपछि प्रमुख स्तरीय निर्णयबाट गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गर्मी बिदा दिएका छन ।

अत्याधिक गर्मीका कारण विद्यालयहरुको पठन पाठनमा समस्या देखिएकोले तत्कालका लागी २ दिन शुक्रवार सम्मका लागी वर्षे विदाबाट कट्टा हुने गरी विदा दिइएको गौर नगरपालिका मेयर शम्भू साहले बताए । “गर्मी तथा लु का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकोले विद्यालयहरुमा बिदा दिइएको हो ।” नगर प्रमुख साहले भने ।

अत्याधिक गर्मीका कारण सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीको सँख्यामा निकै कमी आएको छ । सधै जसो भिडभाड हुने मालपोत कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा पनि सेवाग्राहीको उपस्थीति पातलिएको छ ।

बिहान सूर्योदय भएको केही घण्टा पश्चात नै तापक्रकम ३६ डिग्री हुने गरेको छ भने साँझ ६ बजे सम्म पनि सदरमुकाम गौरमा ४१ डिग्री सम्म तापक्रम रहने गरेको छ । गर्मीले गर्दा बजारहरुमा पनि मानिसहरुको चहलपहल प्राय बेलुका मात्रै हुन थालेको छ । बिहान सबेरै बाट शुरु हुने गर्मिले गर्दा खास गरी ज्याला मजदुरी र खेती किसानी गर्ने हरु अत्याधिक मारमा परेका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »