सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महिला अधिकार मञ्च बाँके शाखा द्वारा निर्मला कुर्मीको हत्या केसमा अनुसन्धान नगरेको भन्दै धर्ना–रिले अनसन शुरु

नेपालगन्ज । महिला अधिकार मञ्च बाँके शाखाद्वारा निर्मला कुर्मीको हत्या केसमा अनुसन्धान नगरेको भन्दै जिल्ला प्रहरी प्रमुख एस.पि.तुलबहादुर कार्की र अनुसंधान अधिकृतका बिरुद्धमा प्रत्येक दिन दिउसो ३ बजे देखि ५ बजे सम्म २ घण्टा प्रत्येक गरि दिन गरि लगातार ७ दिन सम्म बाँके जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना–रिले अनसन बस्ने अभियान शुरु गरेको छ ।
शाखाले ७ दिन (मिती २०८१ जेष्ठ २३ गते ५ बजे भित्र ) सम्म प्रहरी प्रमुख तुलबहादुर कार्की र अनुसंधान अधिकृतद्धारा आफना कमीकम्जोरी सच्याई जायज मागहरु निर्धारित समय भित्रमा पुरा नगरिए २०८१ जेष्ठ २३ सांझ ५ बजे पछि आमरण अनसन सहितको कडा आन्दोलन गर्ने चेतावनी सहित खबरदारी गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारीद्धारा समयमा मागहरु पुरा गरि मानव अधिकारको घोर उल्ंघन हुनबाट रोकिनेमा बिश्वस्त रहेको समेत शाखाले जनाएको छ ।
महिला अधिकार मञ्च बाँके शाखाद्वारा प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएका
ध्यानाकर्षण पत्र यस्तो छ
श्री प्रमुख जिल्ला अधिकारी ज्यु
जिल्ला प्रशासन कार्यालय
नेपालगंज,बाँके

बिषयः– प्रहरीको ज्यादतीका बिरुद्धमा ध्यानाकर्षण पत्र सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा बिगतमा र हाल पनि प्रहरीबाट अभद्र ब्यवहार नहुने अधिकारकर्मीहरु , पत्रकारहरु, र आमनागरिकहरु कमै होलान पटक पटक प्रहरीले आफना हैकमबादी ब्यवहारहरु देखाउने गरेको सर्बबिदितै छ । तर पछिल्लो क्रममा प्रहरीका जिम्मेवार पदाधिकारीद्धारा आमनागरिकको मानव अधिकार संग खेलवाड गर्ने कार्य बढेको अवस्था देखिएको छ ।
एकातिर हत्या जस्तो गम्भिर घटनामा राजनितिक दबाव प्रभावमा परि वास्तविक दोषीको हो पत्ता नलाई अुसंधानको दायरा समेत संर्किण बनाई अनुसंधान गर्ने हुंदा बास्तविक दोषी उम्कने र निर्दोष ब्यक्तिहरु गरिब, मजदुर एकल महिलाहरु लाई नियतवश फसाउने गरि दृष्टीकोणले निर्दोषको नाम राखी जाहेरी दर्ता गर्ने । म्याद थपाउने कार्यले आमनागरिकको मानव अधिकार स्वयंम जिल्लाका प्रहरी प्रमुख एस।पि तुलबहादुर कार्की तथा अनुसंधान अधिकृतबाट नै हनन भएको अवस्था छ ।
अनुसंधानका लागी घटनाको दिन देखिनै लागेको लामो समय भईसक्यो । हाल सम्म लगातार बिहान देखि सांझ सम्म अनुसंधानका लागी एकल महिला माहेलका तेली लगायतका गरिब, मजदुर आमनागरिकलाई जिल्ला प्रहरी कार्यालयमा प्रत्येक दिन अनुसंधान गर्ने नाममा यातना, डर, त्रास, धम्की तथा कुटपिट गर्ने, दिन भरि उभ्याई दिने , बस्न नदिने कार्य गरि मानव अधिकार हनन गर्ने कार्य समेत जिम्मेवार निकाय जिल्ला प्रहरी कार्यालयबाट भयो ।
केही त कुटाई र यातना सहन नसकी जिल्ला प्रहरी कार्यलयमा नै पेट दुखेर, बान्ता भएर अस्पतालमा औषधी समेत गराउन बाध्य भएका छन । कतिपय संवेदनशिल घटनामा जुन तरिकाले तदारुक्ताका साथ कार्यबाही हुनु पर्ने तर त्यातातिर एस।पि तुलबहादुर कार्कीलाई तथा अनुसंधान अधिकृतको ध्यानै गएको छैन ।
घटना नं.१, निर्मला कुर्मीको हत्या केसमा सिं।आई।बीको उच्च टोलीद्धारा प्रतिवेदन २६ पौष २०८० मै जिल्ला प्रहरी कार्यालयमा आईसकेको छ तर हाल सम्म पनि मुद्दा अदालत पुर्याइएको छैन ।
घटना नं.२, सुमदरानी थारुको बलात्कार गरि हत्या भएको करिब बर्ष दिन बित्न थाल्यो अहिले सम्म अभियुक्त पक््रmाउ परेका छैनन ।
घटना नं.३, बालिका ५ बर्षिय माथि खुकुरी प्रहार भई घाइते भएकोमा अहिले सम्म दोषि पक््रmाउ परेका छैनन ।
घटना नं.४, बिर्ताका पुर्व वडा अध्यक्षका नातीको हत्यामा अहिले सम्म दोषि नै पत्ता लागेको छैन ।
घटना नं.५, जानकी गांउपालिका वडा नंं।२ बकोटीया फुलपुरवा र दमादन पुरवाको बिचमा भएको ब्यक्तिको हत्यामा वास्तबिक दोषि को हो पत्ता लागेको छैन तर एस।पि तुलबहादुर कार्कीलाई तथा अनुसंधान अधिकृतले राजनितिक दबाव र प्रभावमा परि गैरजिम्मेवारी पुर्ण रुपमा निर्दोष एकल महिला माहेलका तेली र गरिब तथा मजदुर ज्यालामा काम गर्ने लगायतका ब्यक्तिहरु माथि मुद्दा दर्ता गरि फसाउने कार्य मानव अधिकार हनन गर्ने कार्य भएको हुंदा राज्यको जिम्मेवार निकायका जिम्मेवार पदाधिकारीहरु एस।पि तुलबहादुर कार्कीलाई तथा अनुसंधान अधिकृतबाट यस्तो गैरजिम्मेवारी पुर्ण कार्य भएको प्रति घोर आपत्र् िरहेको छ ।
हाम्रा मांगहरु
१)बाँके जिल्ला प्रहरी कार्यालयका एस।पि तुलबहादुर कार्की तथा अनुसंधान अधिकृतले निर्दोषलाई फसाउने कार्य गरेकोले एस।पि तुलबहादुर कार्कीलाई तथा अनुसंधान अधिकृतलाई कडा कार्यबाही गरियोस ।
२) निर्मला कुर्मीको मुद्दा सम्मानित अदालत पुर्याइयोस ।
३) एकल÷बिधवा महिला माहेलका तेली लगायतका जाहेरीबाट नाम खारेज गरि तत्काल स–सम्मान थुना मुक्त गरियोस ।
४) रझेना निवासी सुमदरानी थारुको बलात्कार गरि हत्या गर्नेलाई तत्काल पक््रmाउ गरि कार्यबाही गरियोस ।
५) बर्ष ५ की बालिकालाई खुकुरी प्रहार गर्नेलाई तत्काल कार्यबाही गरियोस ।
६) सरकारले आन्दोलनकारीहरुको सुरक्षा र उनीहरु का परिवार तथा आफन्तको सुरक्षाको ग्यारेन्टी गरेकोमा तत्काल कार्यान्वयन गरियोस ।

भर्खरै

सम्बन्धित खबर

Language »